१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नवीन झा काठमाडौं
२०७७ जेठ १९ सोमबार १८:१४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

राजपा र समाजवादीद्वारा संयुक्त रूपमा संविधान संशोधन विधेयक दर्ता, कुन-कुन धारामा संसोधन खोजियो ?

Read Time : < 1 मिनेट
नवीन झा काठमाडौं
२०७७ जेठ १९ सोमबार १८:१४:००

राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीले संयुक्त रुपमा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक संघीय संसद् सचिवालयमा दर्ता गरेका छन् । 

राजपाका लक्ष्मणलाल कर्ण र समाजवादीका राजेन्द्रप्रसाद श्रेष्ठले गैरसरकारी विधेयक दर्ता गराएका हुन् । राजपा र समाजवादी पार्टीले एकता घोषणा गरेर जनता समाजवादी पार्टी गठन गरेपनि कानुनी मान्यता पाइनसकेकाले दुई दलका रूपमा विधेयक दर्ता भएको हो ।

संसदमा बिरलै आउने यस्ता गैरसरकारी बिधेयक अहिले चलिरहेको संसदको छैटौँ अधिबेशनसम्म आइपुग्दा दुईवटा मात्रै प्रस्तुत भएको छ । यसअघि शेरबहादुर तामाङले गत १९ फागुनमा गाँजा खेती सम्बन्धि गैरसरकारी बिधेयक दर्ता गराएका थिए ।

२३ बुँदामा संशोधन प्रस्ताव दर्ता गराएको श्रेष्ठले जानकारी दिए । संशोधन प्रस्तावमा  नागरिकता, भाषा, समानुपातिक समावेशीको व्यवस्था, प्रदेशहरूको सीमांकन हेरफेरका लागि समिति गठनलगायतका विषय समावेश छन् । 

यसअघि सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर बनाएको नक्साअनुसार निसान छाप परिमार्जन गर्न संविधान संशोधन विधेयक आइतबार संसदमा पेस गरेको थियो । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले आइतबारको प्रतिनिधिसभा बैठकमा ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ पेस गरेकी हुन् ।