१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
फाइल तस्विर
नयाँ पत्रिका काठमाडौँ ।
२०७६ चैत २४ सोमबार १९:२५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

नेकपाले बोलायो सचिवालय बैठक, छलफलको केन्द्रमा तीन विषय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौँ ।
२०७६ चैत २४ सोमबार १९:२५:००

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मंगलबार केन्द्रीय सचिवालय बैठक बोलाएको छ । अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आपसी परामर्शपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बैठक बोलाएका हुन् ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले कोरोना भाइरस (कोभिड–१९) मा केन्द्रित रहेर बैठकमा छलफल हुने बताए । सचिवालयका नेताहरूलाई बैठकको एजेण्डाबारे ठोस रूपमा जानकारी दिइएको छैन । 

छलफलको केन्द्रमा तीन विषय
सचिवालय बैठकमा नेताहरूलाई छलफलको एजेण्डा जानकारी नगराइए पनि कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि सरकारले चीनबाट ओम्न बिजनेश प्रालिमार्फत खरिद स्वास्थ्य सामग्रीमा भएको अनियमिततासहित मुख्य तीन विषयमा छलफल हुन सक्ने सचिवालयका एक नेताले बताए । ‘अहिलेकै समसामयिक विषयमा छलफल हुनेछ,’ ती नेताले भने, ‘चीनबाट खरिद स्वास्थ्य सामग्रीमा भएको अनियमितता, जिटुजी भनेर सेनामार्फत खरिद गर्ने सरकारको निर्णय र प्रधानमन्त्रीको टिम मुछिने गरी मिडियामा भएको हस्तक्षेपको विषयवरिपरि छलफल केन्द्रित हुनसक्नेछ ।’

पार्टीमा छलफलै नगरी कोभिड–१९ नियन्त्रणका नाममा भइरहेका निर्णय र त्यसले नेकपाको प्रतिष्ठामै पुऱ्याएको धक्काप्रति नेताहरू असन्तुष्ट छन् । खासगरी उपप्रधानमन्त्री ईश्वर पोखरेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकाल मुछिएका ती प्रकरणलाई लिएर अध्यक्ष प्रचण्डले वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता श्रेष्ठसँग टेलिफोनमा अनौपचारिक छलफल गरेका छन् । उनले गत शुक्रबार सचिवालय बैठक बोलाउने विषयमा अध्यक्ष ओलीसँग पनि परामर्श गरेका थिए ।