१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका
२०७५ पौष ३ मंगलबार ०६:३५:००
Read Time : < 1 मिनेट
प्रदेश

ललितपुरका जनप्रतिनिधिद्वारा सिद्धिचरण नगर अवलोकन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष ३ मंगलबार ०६:३५:००

ललितपुरका जनप्रतिनिधिले ओखलढुंगाको सिद्धिचरण नगर अवलोकन गरेका छन् । ललितपुर महानगरपालिका–१२ का अध्यक्ष नारायणलाल अवालेको नेतृत्वमा जनप्रतिनिधिले नगर अवलोकन गरेका हुन् । 

वडाध्यक्ष, वडास्तरीय स्वास्थ्य संस्था निर्देशक समिति, स्वास्थ्य कार्यक्रम कार्यान्वयन समिति र महिला स्वास्थ्य स्वयंसेविका सम्मिलित १५ सदस्यीय अवलोकन भ्रमण टोलीलाई सिद्धिचरण नगरपालिकाका मेयर मोहनकुमार श्रेष्ठले स्वागत गरेका थिए । मेयर श्रेष्ठले अवलोकन टोलीलाई सिद्धिचरण नगरपालिकाको नीति तथा कार्यक्रम र प्राथमिकीकरणबारे जानकारी गराएका थिए । 

सिद्धिचरण नगरपालिका स्वास्थ्य शाखाका संयोजक आइतबहादुर राईले नगरक्षेत्रको स्वास्थ अवस्था, सेवाप्रवाहको गुणस्तरीयताका लागि नगरपालिकाले चालेको कदमलगायतका विषयमा जानकारी गराएका थिए । ललितपुर र ओखलढुंगाका स्वास्थ्यका सवालहरू र स्थानीय सरकारको भूमिकाका विषयमा अनुभव आदान–प्रदान भएको थियो । 

भेटवार्ता फलदायी : मेयर श्रेष्ठ 
अवलोकन भ्रमणमा आएको जनप्रतिनिधिसहितको टोलीसँगको भेटवार्ता उपलब्धिपूर्ण भएको मेयर श्रेष्ठले बताए । राजधानीस्थित महानगरपालिकाले लागू गरेको स्वास्थ्य नीति र कार्यक्रम सम्बन्धमा जानकारी लिने अवसर मिलेको उनको भनाइ छ । सिद्धिचरण नगर पर्यटकीय नगरीका रूपमा विकास भइरहेकाले आगामी दिनमा पनि यस क्षेत्रको भ्रमणका लागि श्रेष्ठले आह्वान गरे ।

अवलोकन भ्रमण फलदायी भएको ललितपुर महानगरपालिका–१२ का अध्यक्ष नारायणलाल अवालेले बताए । सिद्धिचरण नगरपालिका कार्यालयमा भेटघाट र अन्तरक्रिया गरेको भ्रमण टोली नगरक्षेत्रका केही ठाउँ घुमेर राजधानी फर्केको छ ।