१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
खगेन्द्र भट्टराई
२०७५ माघ ६ आइतबार १७:५२:००
Read Time : < 1 मिनेट
समाचार

सुर्खेतमा चितुवाको छालासहित एक पक्राउ   

Read Time : < 1 मिनेट
खगेन्द्र भट्टराई
२०७५ माघ ६ आइतबार १७:५२:००

प्रहरीले दुई वटा चितुवाको छालासहित एक जनालाई पक्राउ गरेको छ । प्रदेश नम्बर, ५ का प्रहरी अपराध अनुसन्धान समुहले कालिकोट रास्कोट, ४ का टंकप्रसाद उपाध्यायलाई वीरेन्द्रनगरको होटलबाट पक्राउ गरेको हो । 

चितुवाको छाला बेच्न लागेको विशेष सुराकीको आधारमा प्रहरीले उपाध्यायलाई पक्राउ गरेको प्रदेश प्रहरी अपराध अनुसन्धान समूहका प्रहरी निरीक्षक बोदराज रेग्मीले बताए । चितुवाको छाला बिक्री गर्न उपाध्याय हिँडेको थाहा पाएपछि प्रहरी आफै ग्राहक बनेर उनको सम्पर्कसम्म पुगेको थियो । 

‘प्रहरीलाई प्राप्त सूचनालाई हामीले गम्भीर रुपमा लियौँ, त्यसका लागि आवश्यक योजनासहित उपाध्यायको सम्पर्कसम्म पुगेका हौँ,’ रेग्मीले भने । फोन सम्पर्कका आधारमा प्रहरी उनले दिएको ठेगानासम्म पुगेको थियो । केही समय आफुसँग भएको छाला देखाउन नमानेका उनले ग्राहक बनेर आएका प्रहरीले मागेको मूल्य दिने बताएपछि छाला देखाएका थिए । 

छाला फेला पारेपछि प्रहरीले उपाध्यायलाई पक्राउ गरेको छ । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।