१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
फाईल फोटो
नयाँ पत्रिका
२०७५ माघ ६ आइतबार १५:५१:००
Read Time : < 1 मिनेट
समाचार

स्वास्थ्यमा सुधार देखिएपछि केसीलाई आइसियुबाट सारियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ ६ आइतबार १५:५१:००

चिकित्सा शिक्षा सुधारको माग राखेर विगत १२ दिनदेखि अनशनमा बसेका चिकित्सा शास्त्र अध्ययन संस्थान आइओएमका प्रा.डा गोविन्द केसीलाई वार्डमा सारिएको छ । 

स्वास्थ्यमा सामान्य सुधार आएपछि केसीलाई आइसियुबाट वाडमा सारिएको उपचारमा संलग्न चिकित्सक डा. सुवास आचार्यले जानकारी दिए । 'उहाँलाई ४८ घण्टा आइसियुको निगरानिमा राखियो' आइसियु इन्चार्ज समेत रहेका डा. आचार्यले भने, ‘उहाँलाई अहिले ठिक देखेपछि नर्मल वेडमा सारिएको हो ।’ 

केसिले पनि सार्न आग्रह गरेका थिए
चिकित्सकहरुको सल्लाह अनुसार केसिले पनि नर्मल वेडमा जाने चाहना देखाएका थिए । '४८ घण्टा पनि आइसियुमा राख्नु पर्ने अवस्था नदेखिएको र अन्य बिरामीमा समेत संक्रमण फैलन सक्ने सम्भावनालाई मध्यनजर गर्दै आइसियुबाट सारिएको हो' डा. आचार्यले भने ।

आचार्यका अनुसार अनशनरत केसीले पछि समस्या भएको खण्डमा मात्रै आइसियुमा राख्न उपचारमा संलग्न चिकित्सकलाई भनेका थिए । डा. आचार्यले बाहिर हल्लाको पछाडि नलाग्न भन्दै केसीको स्वास्थ्य अवस्था सामान्य रहेको जनाए ।