१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
अनु आचार्य 
२०७५ माघ ६ आइतबार १४:२५:००
Read Time : < 1 मिनेट
समाचार

ट्रक दुर्घटनामा चालक सहित ४ घाइते 

Read Time : < 1 मिनेट
अनु आचार्य 
२०७५ माघ ६ आइतबार १४:२५:००

रसुवामा सिमेन्ट बोकेको ट्रक आइतबार दुर्घटना हुँदा चालक सहित ४ जना घाइते भएका छन् ।

घाइते हुनेमा मकवानपुर लामिटार ३ बस्ने ट्रक चालक अन्दाजी बर्ष ३६ का विवेक मोक्तान,  सोहि स्थानका बर्ष १५ को उमेश घलान, बर्ष ३३ का  समिर बजुँ र जिल्लाको गोासईकुण्ड गाउँपालिका ६ बस्ने बर्ष ४० को ईनब स्याङताङ रहेका छन् । घाईतेहरुलाई उद्धार गरि उपचार को लागि सदरमुकाम धुन्चे लगिएको छ । मोक्तान र बजुको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

सदरमुकाम धुन्चेबाट  सिमेन्ट बोकेर स्याफ्रु तर्फ गएको ना ५ ख ५२०३ नम्बरको ट्रक गोसाईकुण्ड गाउँपालिका ५ बाह्र घुम्तीमा सडकबाट सय मिटर तल खसेको  जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरिक्षक रन्जन अवाले बताए ।