१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका
२०७५ माघ ६ आइतबार १०:०८:००
Read Time : < 1 मिनेट
सप्तरंग

माणिकरत्नलाई लाइफटाइम एचिभमेन्ट अवार्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ ६ आइतबार १०:०८:००

रेडियो कान्तिपुरले गायक माणिकरत्नलाई लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरेको छ । रत्नलाई ६ दशकदेखि सांगीतिक क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याएबापत सो सम्मान प्रदान गरिएको हो । रेडियो कान्तिपुरले आफ्नो २०औँ वाषिकोत्सव तथा नेसनल म्युजिक अवार्ड ०७५ को अवसरमा राजधानीमा शनिबार सो कार्यक्रम आयोजना गरेको हो । 

रत्नका नआऊ जुन कोठामा, मनमा माया, त्यो खोलाको सङ्लो पानी,  सागर हो स्वास्नी मान्छेलगायत गीत निकै चर्चित छन् । उनी पहिलो नेपाली रंगीन चलचित्र कुमारीमा पाश्र्वगायकसमेत हुन् । स्वास्थ्यले साथ नदिएपछि पछिल्लो समय उनी सांगीतिक दुनियाँ र सार्वजनिक जीवनबाट टाढा रहेका छन् । उनलाई १ लाख राशिको अवार्डबाट सम्मान गरिएको हो ।  

वरिष्ठ गायक एवं संगीतकार प्रेमध्वज प्रधान र माणिकरत्नको पहिलो सांगीतिक जोडी प्रेममाणिक पनि चर्चित थियो । रेडियोले संगीतका विभिन्न विधाका १६ सर्जकलाई समेत सम्मान गरेको छ । गीतकार दिनेश अधिकारी, संगीतकार सुरेश अधिकारी र गायिका कुन्ती मोक्तान रहेको तीन सदस्यीय जुरीले यो वर्षको सर्वोत्कृष्ट सिर्जना र सर्जक चयन गरेको रेडियोद्वारा प्रेषित विज्ञप्तिमा उल्लेख छ ।