१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७६ पौष २८ सोमबार १९:२९:००
Read Time : < 1 मिनेट
खेलकुद

सहिद दिवसमा मेयर कप फुटबल

Read Time : < 1 मिनेट
२०७६ पौष २८ सोमबार १९:२९:००

बागलुङ नगरपालिकाले १६ माघ सहिद दिवसको दिनदेखि राष्ट्रव्यापी मेयरकप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रादेशिक रूपमा सुरु गरिएको प्रतियोगितालाई यस वर्षदेखि राष्ट्रियस्तरका रूपमा आयोजना गरिने भएको हो ।

पहिलोपटक दुई वर्षअघि गण्डकी प्रदेशस्तरीय प्रतियोगिताका रूपमा आयोजना गरिएको मेयर कप फुटबललाई नगरपालिकाले जिल्ला फुटबल संघ बागलुङको समन्वयमा राष्ट्रियस्तरको रूप दिएको हो । प्रतियोगिता २२ माघसम्म सञ्चालन हुने जिल्ला फुटबल संघ बागलुङका अध्यक्ष रामराज गुरुङले जानकारी दिए ।

प्रतियोगिता सञ्चालनका लागि नगरपालिकाले नगरसभामार्फत २१ लाख ९६ हजार एक सय १० रुपैयाँ बजेट विनियोजन गरेको छ । बागलुङ नगरपालिका–१ को बांगेचौर खेलमैदानमा हुने प्रतियोगितामा देशभरबाट करिब डेढ दर्जन टिमले सहभागिता जनाउने अपेक्षा गरिएको संघका अध्यक्ष गुरुङले बताए । मेयर जनकराज पौडेलले प्रतिस्पर्धा र खेलको दायरा फराकिलो बनाउन राष्ट्रियस्तरको बनाइएको बताए । 

प्रतियोगिताको उपाधि विजेताले नगद तीन लाख रुपैयाँ प्राप्त गर्नेछन् भने उपविजेताले दुई लाख रुपैयाँ तथा सेमिफाइनल पुग्ने दुई समूहले ६०–६० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १० हजार र विधागततर्फ उत्कृष्ट फरवार्ड, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले समान पाँच हजारका दरले नगद पुरस्कार पाउनेछन् । प्रतियोगितामा म्यान अफ दि म्याच हुने खेलाडीले दुई हजार पाउनेछन् ।