१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७६ पौष १४ सोमबार १८:५७:००
Read Time : < 1 मिनेट
समाचार

कञ्चनपुरकाे बेलडाँडीमा सशस्त्र प्रहरीको पोष्ट स्थापना

Read Time : < 1 मिनेट
२०७६ पौष १४ सोमबार १८:५७:००

भारतसंग सीमा जोडिएको कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना भएकाे छ । सशस्त्र प्रहरी बल ३५ नम्बर गण हेडक्वाटर शैलेश्वरी गणले बेलडाँडी गाउँपालिका ५ झिलमिलामा बिओपी पोष्ट स्थापना गरेको हो ।

सोमबार औपचारिक रुपमा सुदूरपश्चिम प्रदेश बैद्यनाथ बाहिनी अत्तरियाका प्रमुख डीआईजी गोबिन्द क्षेत्री र बेलडाँडी गाउँपालिका प्रमुख धनबहादुर थापाले संयुक्त रुपमा उद्घाटन गरे । 

सशस्त्र प्रहरी बल ३५ नम्बर गण हेडक्वाटर शैलेश्वरी गणका गणपति बिरबहादुर शाहुले सीमा सुरक्षा र सीमा क्षेत्रमा हुने अपराध न्यूनिकरणका लागि बिओपी स्थापना गरिएको बताए । 

उनले कञ्चनपुरको बेलडाँडी सहित पुर्नवास नगरका दुई स्थानमा, बेलौरी नगरका दुई र महाकाली नगरका दुई स्थानमा र भीमत्त नगरपालिकाको एक स्थानमा थप बिओपी स्थापना गरिने बताए । 

बैद्यनाथ बाहिनी अत्तरियाका डीआइजी गोबिन्द क्षेत्रीले सशस्त्र प्रहरी बललाई सरकारले दिएको जिम्मेबारी मध्ये बेलडाँडीमा पनि बिओपी स्थापना गरिएको बताए । उनका अनुसार यसअघि नेपालसंग सीमा जोडिएका चीन र भारतका सीमा क्षेत्रका १०७ स्थानमा बिओपी स्थापना गरिएका छन् । हालै मन्त्रिपरिष्दले स्वीकृत भएका ११२ बिओपी पनि स्थापना गरेर सम्पूर्ण नेपालको सीमा सुरक्षामा सशस्त्र प्रहरी बलका बिओपी स्थापना हुने उनले बताए । 

बेलडाँडी गाउँपालिका प्रमुख धनबहादुर थापाले बेलडाँडीमा सशस्त्र प्रहरीको बिओपी स्थापना भएसंगै भारतीय सीमा मिचाह प्रवृतिको अन्त्य हुने र सीमा जोगिने बताए ।