१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका
२०७५ पौष २८ शनिबार १४:०७:००
Read Time : < 1 मिनेट
खेलकुद

टी–२० स्मास क्रिकेट प्रतियोगिताकाे सुरुवाति खेलमा नेपाल विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष २८ शनिबार १४:०७:००

शनिबारदेखि थाइल्याण्डमा सुरु भएको महिला टी–२० स्मास क्रिकेट प्रतियोगितामा नेपालले चीनलार्इ पराजित गर्दै विजयी सुरुवात गरेको छ । थाइल्याण्डको एशिया इन्स्टिच्यूट अफ टेक्नोलोजी मैदानमा भएको खेलमा नेपालले चीनलाई १० विकेटले पराजित  हो । खेलमा नेपालले टस जित्दै फिल्डिङ राेजेकाे थियाे । 

चीनले दिएको ४९ रनको झिनो लक्ष्य नेपालले ८.४ अाेभरमा बिना क्षति पुरा गर्याे । नेपालका लागि सीता रानामगरले २३ रन र काजल श्रेष्ठले १४ रन जोडिन् । टस हारेर पहिले ब्याटिङ गरेको चीनले निर्धारित २० ओभरमा ६ विकेटकाे क्षतिमा जम्मा ४८ रन बनाएको थियो ।

चीनलाई सस्तैमा अाउट गर्न नेपालकी नेरी थापाले २ विकेट र करुणा भण्डारीले ३ विकेट लिइन् । करुणाले ४ ओभर बलिङ गर्ने क्रममा ९ रन खर्चेर ३ विकेट लिइन् ।  

जितसँगै समूह ‘ए’ मा रहेको नेपालले दुई अङ्क जोडेको छ । प्रतियाेगितामा नेपालले दोस्रो मलेसियासँग आइतबार खेल्नेछ ।