१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका
२०७५ पौष २८ शनिबार १२:१८:००
Read Time : < 1 मिनेट
समाचार

एमआरसिपिसिएच-यूके परीक्षा अब नेपालमै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष २८ शनिबार १२:१८:००

मेम्बर अफ रोयल कलेज अफ पिडियाट्रिक्स एण्ड चाइल्ड हेल्थ (एमआरसिपिसिएच-यूके) परीक्षा अब नेपालमा नै सुरु भएको छ । 

काठमाडौंको धापासीमा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा शनिबार पत्रकार सम्मेलनगरी सो कुराको जानकारी गराइएको हो ।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्र राज पाण्डेले अस्पतालमा उपलब्ध विश्व स्तरीय सेवा सुविधा तथा बिशेषज्ञहरुको टिमसँगै यहाँ हुने गरेका बिविध शैक्षिक गतिविधीहरुको कारण रोयल कलेज अफ इङ्ल्याण्डले नेपाललाई एमआरसिपिसिएच परिक्षाका लागि छनौट गरेको जानकारी दिए । राष्ट्रिय अन्तर्राष्ट्रिय सहकार्यमा यस किसिमका मेडिकल शिक्षा क्षेत्रका बिविध बिषयहरुमा सहकार्यगरी अघि बढ्न ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल सधै तयार रहेको उनले बताए । 

आरसिपिसिएचका स्ट्रटिजिक लिड डा. रमेश मेहताले एमआरसिपिसिएच परिक्षा नेपालमा संचालन हुनु गर्वको बिषय भएको भन्दै यसले नेपाललाई सार्क मुलुकहरुको परिक्षा केन्द्रको रुपमा स्थापित गर्न सकिने प्रबल सम्भावना रहेको बताए । उनले संसारभरका ३५ मुलुकका परिक्षा केन्द्रमार्फत हरेक वर्ष ६ हजार बालरोग बिशेषज्ञहरुको परिक्षा लिने गरेको बताए । 

आरसिपिसिएचका सिनियर एक्जामिनर डा. मिथलेश लालले पहिलो पटक नेपालमा हुन लागेको एमआरसिपिसिएच परिक्षा यस पटक परिमार्जित तथा प्राबिधिक हिसाबले थप स्तरीय भएको बताए । 

आरसिपिसिएच सिनियर एक्जामिनर डा. चन्डेश्वर महासेठले धेरै वर्षको प्रयासपछि नेपालले यो उपलब्धि हाँसिल गरेसँगै नेपाली चिकित्सा शिक्षा क्षेत्रले ठूलो फड्को मारेको बताए । 

शनिबार र आइतबार गरी दुईदिन सञ्चालन हुने परिक्षाका लागि रोयल कलेज अफ पिडियाट्रिक्स एण्ड चाइल्ड हेल्थ बेलायतबाट १५ जना फ्याकल्टीहरु नेपाल आएका छन् । नेपाल तथा नेपाल बाहिरका गरी २४ जना बालरोग बिशेषज्ञहरु परिक्षार्थीका रुपमा सहभागी छन् ।