१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७५ पौष २८ शनिबार ११:२२:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

कपाल चम्किलो बनाउने तरिका

Read Time : > 1 मिनेट
२०७५ पौष २८ शनिबार ११:२२:००

-मानिसको सुन्दरतामा कपालको पनि विशेष महŒव हुन्छ । स्वस्थ, चम्किलो कपालले मानिसको व्यक्तित्वमा थप निखार ल्याउँछ । त्यसैले कपाल नरम र चम्किलो बनाउने चाहना सबैको हुन्छ । जाडो महिनामा छालाको विशेष ख्याल राखेजस्तै कपालको पनि ख्याल राख्नुपर्ने हुन्छ । जाडो मौसममा कपालको छाला सुक्खा हुन्छ । यसले चायाँ पर्ने हुन्छ । त्यसैले जाडो मौसममा चायाँबाट छुटकारा पाउन अथवा नरम र चम्किलो कपाल बनाउन केही उपाय अपनाउन सकिन्छ । 

-हप्तामा दुई–तीनपटक तोरी, आलमन्ड, ओलिभमध्ये उपलब्ध भएका तेलले कपालको जरैदेखि मसाज गर्दा टाउकोको छालामा पोषण पनि मिल्छ र कपाललाई चम्किलो तथा नरमसमेत बनाइराख्छ । टाउकाको छालाको रक्तसञ्चार बढाउन पनि हप्तामा एकपटक हेयर आयल मसाज गर्न आवश्यक छ । 

-एभोकार्डाेको गुदीमा दुई चम्चा तोरीको तेल या अन्डाको पहेँलो भाग मिलाएर बनाएको पेस्ट कपालमा मास्कका रूपमा प्रयोग गर्दा भिटामिन ‘ए’ र ‘ई’ प्राप्त हुन्छ । पेस्टलाई आधा घन्टासम्म कपालमा रहन दिएर पाँच मिनेट स्टिम दिएपछि पखाल्दा नरम र चम्किलो बन्छ । अन्डाले कन्डिस्नरको काम गर्छ ।

चिसो मौसममा कपालको छाला सुक्खा हुने हुँदा चाया पर्ने हुन्छ । यसबाट जोगिन र कपाललाई चम्किलो बनाउन केही कृत्रिम तरिका अपनाउन सकिन्छ । 

-कपालका लागि स्याम्पु र कन्डिस्नर साथै कन्डिस्निङ पनि आवश्यक पर्छ । आधा कप पानीमा सिरका र बियरको मिश्रण कपालमा लगाई केही मिनेट राखेर स्याम्पु गर्दा कपाल स्वस्थ एवं चम्किलो बन्छ । यसले हाँगा फाट्नबाट समेत बचाउँछ । कपालमा कन्डिस्निङ गरिसकेपछि तातोपानीमा तौलियालाई भिजाएर निचोरेर त्यसले दुई–तीन मिनेट कपाल या टाउकोमा बेर्नुपर्छ । यसो गर्नाले कपाल सिल्की र नरम हुन्छ ।


-कपाल कडा प्रोटिनले बनेको हुन्छ । त्यसैले खानामा दूध, दही, विभिन्न गेडागुडी, हरिया सागपात, अन्डा, माछा हुनु जरुरी छ । यसका अलवा भोजनमा भिटामिन ‘ए’, ‘सी’ र ‘ई’को मात्रा बढाउनुपर्छ । भिटामिन ‘ए’ले कपाललाई पोषण दिन्छ, ‘सी’ले कपाललाई चमक प्रदान गर्छ । त्यस्तै, ‘ई’ले कपालको लम्बाइ बढाउँछ ।

-भिटामिन ‘ए’ पहेँलो फलफूलमा पाइन्छ । ‘सी’ अमलामा प्रशस्त हुन्छ । भिटामिन ‘ई’ बदाम र एभोकार्डोमा पाइन्छ । सिरोमको प्रयोग पनि कपालमा आवश्यक छ । यसले कपाल लट्टा पर्नबाट जोगाउनुका साथै सूर्यको किरणले कपालमा गराउने नोक्सानीबाट जोगाउँछ ।