१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
हदिश खुद्दार 
२०७५ पौष २७ शुक्रबार १८:५५:००
Read Time : < 1 मिनेट
समाचार

ठुला पार्टीको विकल्प बन्दै फोरम : उप्रधानमन्त्री यादव 

Read Time : < 1 मिनेट
हदिश खुद्दार 
२०७५ पौष २७ शुक्रबार १८:५५:००

उपप्रधान तथा स्वास्थ्य जनसंख्यामन्त्री उपेन्द्र यादवले संघीय समाजवादी फोरम नेपाल अब, दुई ठुला पार्टी नेकपा र कांग्रेसको बैकल्पिक पार्टीका रुपमा अगाडि आएको बताएका छन् । 

उनले ठुला पार्टीले आफ्ना सिद्धान्त र विचारलाई परित्याग गरी सत्ता र स्र्वाथमा लागेकाले फोरम बैकल्पिक पार्टीका रुपमा विकास भएको बताए । शुक्रबार जनकपुरमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले आफ्नो पार्टी बैकल्पिक बनेको दाबी गरेका हुन् ।

मधेश आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न आफ्नो पार्टी संघीय सरकारमा गएको उल्लेख गर्दै मन्त्री यादवले भने, ‘संविधानमा उल्लेख भएका अधिकार लागु गरी कानुन निर्माणमा जोड दिएका छौँ ।’

कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले माघ १ गतेदेखि प्रदेशमा जन्म हुने सबै छोरी लखपति हुने बताए । प्रदेश सरकारले  अब जन्म हुने सबै छोरीलाई एक लाखको शैक्षिक बिमा गर्न लागेको उनले बताए ।