१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका
२०७५ पौष २७ शुक्रबार ०७:१५:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

पाचन प्रक्रिया सन्तुलित बनाउन यी ७ खाद्यपदार्थ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष २७ शुक्रबार ०७:१५:००

स्वस्थ रहन चाहने हो भने पेटको विशेष ख्याल राख्न जरुरी छ । पाचन प्रक्रिया अस्वस्थ भएमा स्वस्थ जीवन बिताउन सकिँदैन । पाचन प्रक्रिया असन्तुलित भएमा त्यहीँबाट सामान्यदेखि गम्भीर प्रकृतिका रोग लाग्न सुरु हुन्छ । त्यसैले, पाचन प्रक्रियालाई व्यवस्थित बनाउन खानामा विशेष ध्यान दिनुपर्छ । यी हुन् पाचन प्रक्रिया गडबडी भएमा खानयोग्य सात खाद्यपदार्थ :

मेवा

मेवामा पपिन नामक इन्जाइम हुन्छ । जसले प्रोटिनलाई टुक्र्याएर पचाउन महत्वपूर्ण भूमिका निर्वाह गर्छ । यसबाट विभिन्न प्रकारका भिटामिन र खनिज पनि पाइन्छ । त्यसैले मेवा सेवनको २४ घन्टाभित्रै पाचन प्रक्रियामा सकारात्मक प्रभाव देखिन थाल्छ ।

दही
दहीमा यस्तो रासायनिक पदार्थ हुन्छ, जुन दूधमा समेत पाइँदैन । त्यसैले दूधभन्दा दही बढी स्वस्थकर मानिन्छ । यसको सेवनले पेटदुखाइ, अपच, कब्जियत, ग्यास्ट्रिकजस्ता समस्याबाट राहत मिल्छ । दहीमा पाचन प्रक्रियालाई व्यवस्थित गर्ने ब्याक्टेरिया पाइन्छ । जसमा उच्च गुणयुक्त प्रोटिनसमेत हुन्छ ।
केरा 
केरा फाइबरयुक्त फल हो । यसले इन्सुलिन र कैयौँ स्वस्थकर ब्याक्टेरिया वृद्धि गर्न भूमिका खेल्छ । त्यसैले पाचन प्रक्रियामा गडबडी आएमा केरा पनि सेवन गर्न सकिन्छ ।

अदुवा
पाचन प्रक्रियामा सुधार ल्याउन अदुवाले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्छ । यसलाई दैनिक खानामा प्रयोग गर्न सकिन्छ । यसले खाना पचाउने इन्जाइम उत्पादनमा भूमिका निर्वाह गर्छ । एक गिलास मनतातो पानीमा दुई चम्चा अदुवाको रस राखेर पनि यसको प्रयोग गर्न सकिन्छ ।

भुइँकटर
पाचनका लागि भुइँकटहर पनि निकै उपयुक्त फल हो । यसमा ब्रोमेलिन इन्जाइम हुन्छ, जसले खाना पचाउन महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।
नरिवल
पाचन प्रक्रियालाई व्यवस्थित पार्न नरिवलको तेलले पनि अहम् भूमिका निर्वाह गर्छ । पाचन प्रक्रिया सुधार गर्नुका साथै कब्जियत, ग्यास्ट्रिकलगायतका समस्यालाई पनि यसले राहत प्र्रदान गर्छ । नरिवलको तेलमा भिटामिन, खनिज र एमिनोजस्ता एसिडिक तत्व हुन्छन्, जसले स्वास्थ्यमा फाइदा पु¥याउँछ ।

स्याउ
स्याउमा अत्यधिक फाइबर हुन्छ । त्यसैले पाचनसँग सम्बन्धित समस्या भएमा नियमित रूपमा स्याउ प्रयोग गर्न सक्नुहुन्छ । खाना खाएको १५ मिनेटपछि स्याउको प्रयोग गर्दा पाचन प्रणालीलाई चुस्त राख्ने काम गर्छ ।