१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका  काठमाडौं
२०७६ कार्तिक १८ सोमबार ११:४२:००
Read Time : < 1 मिनेट
समाचार

ठगी आरोपमा श्रीमान्–श्रीमती नै पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका  काठमाडौं
२०७६ कार्तिक १८ सोमबार ११:४२:००

दक्षिण एसियन मुलुक लाओस पठाइदिने प्रलोभनमा ठगी गरेको आरोपमा  मकवानपुर हेटौँडा–१२ सिग्रनी सोल्टिचोकका ५० वर्षीय विजय थिङ र उनकी श्रीमती ५० वर्षीय सजना थिङ पक्राउ गरेका छन् । 

अपराध अनुसन्धान महाशाखाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई हेटौँडाबाटै पक्राउ गरेको हो ।  प्रहरीका अनुसार उनीहरूले आकर्षक कमाइ हुने प्रलोभनमा रामेछाप अख्रेनीका नवीनकुमार तामाङसहित चारजनासँग २४ लाख २० हजार रुपैयाँ लिएका थिए । तर, उनीहरूलाई गन्तव्यमा नपु-याई भारत लगेर अलपत्र छाडेका थिए । 

पीडितकै जाहेरीका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको महाशाखाले जानकारी दिएको छ । उनीहरूविरुद्ध ठगी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।