१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
एजेन्सी
२०७५ पौष २६ बिहीबार १०:५५:००
Read Time : < 1 मिनेट
खेलकुद

बार्सिलोना फर्कन चाहन्छन् नेमार

Read Time : < 1 मिनेट
एजेन्सी
२०७५ पौष २६ बिहीबार १०:५५:००

ब्राजिलियन युवा स्ट्राइकर नेमार जुनियर पुनः स्पेनिस क्लब बार्सिलोनामा फर्कन चाहेका छन् । सन् २०१७ को सिजनमा १९ करोड ८० लाख पाउन्डमा बार्सिलोनाबाट अप्रत्यासित रूपमा नेमार पेरिस सेन्ट जर्मेन (पिएसजी) मा आवद्ध भएका थिए । नेमारले विन्टर ब्रेकको समयमा बार्सिलोनाका पदाधिकारीसँग गोप्य रूपमा कुराकानी चलाएको एजेन्सीहरूले दाबी गरेका छन् । 

पिएसजीमा दुई वर्ष
नेमारले पिएसजीसँग सम्बन्ध गाँसेको दुई वर्ष पनि पूरा भएको छैन । यसैबीच नेमारले विभिन्न माध्यमबाट आफू बार्सिलोनामै पुनः आवद्ध हुन चाहेको पटकपटक इच्छा व्यक्त नगरेका पनि होइनन् । । योपटक विन्टर ब्रेकको मौका छोपी नेमारले आफ्नै बुवा सान्तोषको सहयोगमा बार्सिलोनामा फर्कने कुरा चलाएको स्पेनिस पत्रिका एल मार्काले जनाएको छ । 

नोभेम्बरमा पहिलोपटक वार्ता
गत नोभेम्बरमा नेमारका बुवाले लन्डनमा बार्सिलोनाको एजेन्टसँग कुरा चलाएका थिए । त्यसवेला नेमारका बुवा भने आफ्नो छोरो नयाँ वर्षमा पुनः बार्सिलोनाको जर्सीमा देखिन सक्ने अन्तर्राष्ट्रिय मिडियालाई प्रतिक्रिया दिएका थिए । सन् २०१३ मा नेमार सन्तोषबाट बार्सिलोनामा आवद्ध भएका थिए । यता पिएसजीले यस सिजनमा नेमार वा केलियन एम्बाप्पेमध्ये एकलाई मोटो रकममा बिक्री गर्न चाहेको छ ।