१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका म्याड्रिड
२०७६ असोज १३ सोमबार ०९:५३:००
Read Time : < 1 मिनेट
खेलकुद

बार्सिलोनाको  सहज जित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका म्याड्रिड
२०७६ असोज १३ सोमबार ०९:५३:००

स्पेनिस लालिगाको साबिक विजेता बार्सिलोनाले शनिबार राति  गेटाफेलाई २–० ले हराएको छ । गेटाफेको घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउनेक्रममा उरुग्वेयन स्ट्राइकर लुइस सुआरेज तथा जुनियर फिर्पोले एक–एक गोल गरेका थिए । खेलको ४१औँ मिनेटमा सुआरेजले क्लोज रेन्जबाट गोल गर्दै बार्सिलोनालाई १–० को अग्रता दिलाए ।

खेलको ४९औँ मिनेटमा जुनियरले गोल गर्दा बार्सिलोना २–० ले अघि बढ्यो । खेलको ८२औँ मिनेटमा क्लेमेन्टे दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएसँगै बार्सिलोना १० खेलाडीमा सीमित भयो । अर्को खेलमा रियल म्याड्रिड र एट्लेटिको म्याड्रिडबीच गोलरहित बराबरी भयो । 

यसैगरी, फ्रेन्च लिग वानमा साबिक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी)ले बोर्डुअक्सलाई १–० ले हराएको छ । पिएसजीको जितमा ब्राजिलियन स्ट्राइकर नेमार जुनियरले निर्णायक गोल गरेका थिए । खेलको ७०औँ मिनेटमा नेमारले पिएसजीका लागि एक मात्र गोल गरेका हुन् ।