१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ १९ बिहीबार ०९:०७:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

यसरी हटाउनुस् डार्क सर्कल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ १९ बिहीबार ०९:०७:००

निद्राको कमी, कामको चाप र अत्यधिक तनावका कारण आँखामा डार्कसर्कल देखापर्छन् । जसले मानिसको सौन्दर्यमै ह्रास ल्याइदिन्छ । आँखामा डार्कसर्कल आउँदा बिरामीजस्तो देखिन्छ वा अनुहारको चमकतामै कमी आउँछ । त्यसैले समयमै यसलाई हटाउने कोसिस गर्नुपर्ने हुन्छ । डार्कसर्कल हटाउने उपाय यस्ता छन् :

  •  डार्कसर्कल केही खानेकुराको सेवन र घरायसी उपचारबाट पनि निको पार्न सकिन्छ । खासगरी भिटामिनको कमीका कारण आँखामा डार्क सर्कल देखिने भएकाले भिटामिनयुक्त खानेकुरा सेवन गर्नुपर्ने हुन्छ । 
  •  भिटामिन ए युक्त खानाः फर्सी, पाकेको मेवा, गाँजर, आँप, हरियो सागपात खानुपर्छ । जसले छालाको रिपेयरिङ र टाइटानिङमा मद्दत गर्छ । 
  •  भिटामिन सीले दिमागमा सेराटोनिन नामक रसायन उत्पादन गर्छ, जसले गर्दा राम्रोसँग निदाउन सहयोग गर्छ, डार्क सर्कल बिस्तारै हट्दै जान्छ । 
  •  अंगुर, ब्लुबेरी, बन्दाकोभी, केराउ आदि भिटामिन के युक्त खानेकुराको सेवनले डार्क सर्कल कम गर्छ ।
  •  आँखावरिपरि काँचो आलुको टुक्राले मसाज गर्दा कालो घेरा कम हुँदै जान्छ । त्यस्तै, आलुको रस र बेसारको पेस्ट बनाएर लगाउँदासमेत डार्क सर्कल कम गराउन सकिन्छ । 
  •  मह र बेसारको पेस्ट बनाएर दिनहुँ प्रयोग गर्न सकिन्छ । 
  •  कागती र टमाटरको प्याक बनाएर लगाउँदा डार्क सर्कल हटेर जान्छ । जसलाई १० देखि १५ मिनेटसम्म लगाएर धुन सकिन्छ । 
  •  सुत्नुअघि मनतातो पानीमा बेकिङ सोडा लगाएर धुने गर्नाले कालो घेरा बिस्तारै हराएर जान्छ । 
  •  भिटामिन ई क्याप्सुल र बदामको तेल मिलाएर लगाउँदा डार्क सर्कलबाट राहत पाउन सकिन्छ । 
  •  हिजोआज बजारमा डार्कसर्कल हटाउने विभिन्न क्रिम उपलब्ध छन् । यस्ता क्रिम ब्युटिसियनको सल्लाह लिएर प्रयोग गर्न सकिन्छ । यस्तै, डार्कसर्कल हटाउने प्याक प्रयोगमा ल्याउन सकिन्छ । जुन हप्तामा एकपटक गरिन्छ ।