१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका
२०७५ पौष २३ सोमबार ०६:४२:००
Read Time : < 1 मिनेट
सप्तरंग

पतिलाई ब्यागमा  राख्न चाहन्छु : दीपिका

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष २३ सोमबार ०६:४२:००

बलिउडमा सफलताको दोस्रो नाम बनेकी अभिनेत्री दीपिका पादुकोणले शनिबार आफ्नो जन्मदिन पति रणवीर सिंहको साथमा मनाइन् । बिहेपछि उनको यो पहिलो जन्मदिन हो । यही सन्दर्भमा उनको एक भिडियो भाइरल भएको छ । 

दीपिकाले अन्तर्वार्तामा आफ्नो निजी जिन्दगीसँग जोडिएको केही कुरा खुलासा गरेकी छिन् । पिंकभिलाले लिएको अन्तर्वार्तामा सोधिएको थियो कि– केही तीन नाम बताउनुस्, जसलाई तपाईं आफ्नो ब्यागमा राख्न चाहनुहुन्छ ।’ दीपिकाले भनिन्, ‘मेरा श्रीमान् रणवीर कपुर, बहिनी र आमालाई राख्न चाहन्छु ।’

यसका साथै उनले आफूलाई यात्रा गर्न खुब मनपर्ने र त्यो समयमा आफूलाई चाहिने सबै कुरा ब्यागमा राख्ने गरेको बताइन् । जन्मदिनको अवसरमा दीपिकाले आफ्नो नामको वेबसाइट पनि सार्वजनिक गरेकी छिन् । उनले इन्स्टाग्राममा लेखेकी छिन्, ‘यो हो मेरो वेबसाइट दीपिका पादुकोण डटकम ।’