१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ ८ आइतबार २३:३०:००
Read Time : < 1 मिनेट
समाचार

चितवनमा निषेधाज्ञा

पाँच जना भन्दा बढी मानिस जम्मा हुन नपाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ ८ आइतबार २३:३०:००

जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञा लगाएको छ । प्रशासनले ९ भदौ सोमबार बिहान ६ बजेदेखि अर्को सूचना नआएसम्मका लागि निषेधाज्ञा लगाएको हो । 

हिरासतमा रहेका न्युज २४ का कार्यक्रम प्रस्तोता रवि लामिछाने लगायतको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रेका प्रदर्शनकारीहरुबाट हुलदुङ्गा र अशान्ति हुन सक्नेभएकाले निषेधाज्ञा लगाएको प्रमुख जिल्ला अधिकार जीतेन्द्र बस्नेतद्वारा हस्ताक्षरित सूचनामा भनिएकाे छ । आइतबार साँझ सूचना जारी गर्दै एक ठाउँमा पाँच भन्दा बढी मानिस जम्मा हुन नपाउनेगरी आदेश जारी गरेको हो ।

पूर्वमा वाइपास सडकतर्फको आन्तरिक राजस्व कार्यालयको चोकदेखि घरेलु कार्यालयको चोकसम्म, पश्चिममा पूर्वपश्चिम लोकमार्गको समगण्डकी अस्पताल चोकदेखि चौविस कोठी चोकसम्म निषेधाज्ञा जारी गरिएको हो ।

त्यसै गरी उत्तरमा वाइपास सडकतर्फको आन्तरिक राजस्व कार्यालयको चोकदेखि भरतपुर अस्पताल पुरानो मेडिकल कलेज जाने चोक नारायणी मा.वि.चोक, कृषि ज्ञान केन्द्र हुँदै पूर्व पश्चिम लोकमार्गको चौविसकोठी चोकसम्म र दक्षिणमा वाइपास सडकतर्फको घरेलु कार्यालयको चोकदेखि दूरसञ्चार चोक हुँदै पूर्वपश्चिम लोकमार्गको समगण्डकी अस्पताल चोकसम्म निशेधाज्ञा जारी गरिएको हो ।