१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका
२०७५ पौष २२ आइतबार ०७:०५:००
Read Time : < 1 मिनेट
अर्थ

शिखर सुजको एकल प्रदर्शनी सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष २२ आइतबार ०७:०५:००

शिखर सुजले काठमाडौंको भृकुटीमण्डपमा शिखर ब्रान्डका जुत्ताको एकल प्रदर्शनी सुरु गरेको छ । प्रदर्शनीको उद्घाटन प्रदेश–३ का आर्थिक मामिलामन्त्री कैलाश ढुंगेलले गरेका थिए । शिखर बिजनेस एक्स्पो नाम दिइएको उक्त प्रदर्शनीको उद्घाटन गर्दै ढुंगेलले सम्भव भएसम्म सबै नेपालीको गोडामा नेपालमै उत्पादन भएको जुत्ता पुग्नुपर्ने बताए । त्यसका लागि गर्नुपर्ने सहयोग गर्न प्रदेश–३ को सरकार तयार रहेको उनको भनाइ थियो ।

मेलामा न्यूनतम १ सय ७५ रुपैयाँदेखिका जुत्ता उपलब्ध भएको कम्पनीका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईंले जानकारी दिए । ४ वर्षअघिदेखि प्रत्येक वर्ष आयोजना हुने शिखर सुजको एकल प्रदर्शनीले सबै आर्थिक अवस्थाका उपभोक्ताले खोजेअनुसारको जुत्ता बिक्री गर्दै आएको उनको भनाइ थियो । मेलामा जुत्ताको मूल्यमा न्यूनतम १५ प्रतिशत छुट दिइएको प्रसाईंको भनाइ थियो । उनले यसै मेलामा ५० भन्दा बढी नयाँ मोडलका जुत्ता प्रदर्शनीमा राखिएको बताए ।