१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका कास्की
२०७६ श्रावण २८ मंगलबार ११:०८:००
Read Time : < 1 मिनेट
प्रदेश

कानुन व्यवसायमा अराजकता बढ्यो : प्रदेश प्रमुख

Read Time : < 1 मिनेट
नयाँ पत्रिका कास्की
२०७६ श्रावण २८ मंगलबार ११:०८:००

गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवरले पछिल्लो समय कानुन व्यवसायमा अराजकता बढ्दै गएको बताएका छन् । नेपाल कानुन व्यवासायी परिषद्को २६औँ स्थापना दिवसका अवसरमा नेपाल कानुन व्यवसायी परिषद् क्षेत्रीय कार्यालय पोखराले सोमबार आयोजना गरेको कार्यक्रम उनले कानुन व्यवसायलाई मर्यादिन बनाउनुपर्ने बताएका हुन् ।

कानुन व्यवसायलाई मर्यादिन बनाउने काम कानुन व्यवसायीकै भएको जोड दिँदै उनले यसका लागि कानुन व्यवसायी आफैँ इमानदार हुनुपर्ने बताए । उनले भने, ‘कानुन व्यवसायमा विकृति विसंगति भित्रिएको छ । जसका कारण कानुन व्यवसायीलाई खिसिटिउरी गर्ने दिन आएको छ ।’ कानुन व्यवसायीलाई ‘बिचौलिया’ जस्ता शब्द प्रयोग भइरहेकोमा उनले दुःख व्यक्त गरे । 

उनले मुद्दाले वकिल खोज्दै आउनुपर्ने तर वकिलले मुद्दा खोज्दै जानु नहुने बताए । यस्तो बानी परेमा कानुन व्यवसायीको क्षमतामा अभिवृद्धि नहुने बताए । उनले भने, ‘वकिलले मुद्दा खोज्दै हिँडे पैसा आउँछ, तर व्यावसायिकता आउँदैन । यी सबै कुरा सोच्न सकियो भने व्यासायिकता आफैँमा प्रस्फुटित हुन्छ ।’

दुःखी र थला परिसकेको समाजलाई उठाउन कानुन व्यवसायीको ठूलो हात हुने भएकाले कानुन व्यवसायलाई सम्मानित पेसाका रूपमा हेरिने उनको भनाइ । उनले भने, ‘त्यसैले कानुन व्यवसाय भनेको समाजको समादेशक, सर्वधिकारी, परमाधिकारी हो । तर, त्यसको कर्म राम्रो हुनुपर्छ, हुनुपर्दोरहेछ ।’उनले व्यावसायिता सँगैसँगै मर्यादापूर्वक काम गर्ने कानुन व्यवसायीले मात्रै त्यो व्यवसायको मान राख्ने बताए । ‘व्यावसायिकता पछाडि छाडेर एउटा व्यवसायीमाथि पुग्न सक्दैन ।