१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका  रुकुम (पश्चिम)
२०७६ श्रावण २८ मंगलबार १०:५७:००
Read Time : < 1 मिनेट
प्रदेश

हिंसापीडित महिलाका लागि ‘उपमेयर महिला सुरक्षा’ कार्यक्रम 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका  रुकुम (पश्चिम)
२०७६ श्रावण २८ मंगलबार १०:५७:००

हिंसापीडित महिलाका लागि पश्चिमी रुकुमको चौरजहारी नगरपालिकाले ‘उपमेयर महिला सुरक्षा’ कार्यक्रम ल्याएको छ । चालू आर्थिक वर्षदेखि नै विभिन्न हिंसापीडित तथा समस्यामा परेका महिलालाई सहयोग गर्न कार्यक्रम सञ्चालन गर्न लागिएको जनाएको छ ।

घरेलु तथा विभिन्न हिंसामा परेका, विपन्न, अस्वस्थ, असहाय महिलाको सुरक्षा गर्न यो कार्यक्रम ल्याएको उपमेयर राधा रोकाले बताइन् । ‘यो कार्यक्रमले महिलालाई आत्मनिर्भर र सक्षम बनाउन सहयोग गर्नेछ,’ उपमेयर रोकाले भनिन् । 

नगरपालिकामा महिलामाथि विभिन्न किसिमका हिंसा भइरहेको र उनीहरूलाई सुरक्षाको प्रत्याभूति दिलाउन पनि कार्यक्रम ल्याउनुपरेको उनको भनाइ छ । हिंसापीडित महिलालाई कानुनी सहयता पनि प्रदान गरिनेछ । यससँगै महिलालाई स्वास्थ्योपचार गर्न पनि सहयोग गरिने जनाएको छ । आर्थिक अभावमा कयौँ महिलाले स्वास्थ्योपचार पनि गर्न नसकेको उनले बताइन् । 

यो कार्यक्रमअन्तर्गत महिलालाई विभिन्न सीप सिकाउनुका साथै विभिन्न विषयमा परामर्श, उपचार, व्यावसायिक अनुदान प्रदान गरिनेछ । ‘यस कार्यक्रमको मुख्य उद्देश्य भनेकै महिलालाई सबै किसिमले सक्षम बनाउने र विभिन्न हिंसामा परेकाहरूलाई उद्धार गर्ने रहेको छ,’ उपमेयर रोकाले भनिन् । यसअन्तर्गत महिलाको सीप विकास गर्ने, उपचार तथा परामर्श सेवा प्रदान गर्ने, व्यवसाय गर्न चाहनेलाई व्यावसायिक अनुदान दिइनेछ । 

नगरपालिकाले कार्यक्रमलाई चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि समावेश गरेको थियो । यससम्बन्धी कार्यविधि निर्माण भइरहेको र छिट्टै सुरु गरिने उपमेयर रोकाले बताइन् ।  उपमेयर महिला सुरक्षा कार्यक्रम सञ्चालनका लागि नगरपालिकाले आठ लाख रुपैयाँ विनियोजन गरेको छ