१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७६ श्रावण २६ आइतबार १०:५३:००
Read Time : > 1 मिनेट
नयाँCity

‘लभर ब्वार्ई’को इमेज भत्काउन असफल भएँ : आर्यन सिग्देल

Read Time : > 1 मिनेट
२०७६ श्रावण २६ आइतबार १०:५३:००

सिनेमामा डेब्युदेखि नै ‘लभर ब्वाई’को परिचय बनाए, नायक आर्यन सिग्देलले । उनी अभिनीत प्रेममा आधारित सिनेमाहरूले लगातार सफलता पनि पाए । बिस्तारै पुरानो परिचयबाट निस्केर भर्सटाइल हुने उनको प्रयास भने सफल भएन । फेरि प्रेममा आधारित फिल्म ‘हजार जुनीसम्म’बाट आफ्नो पुरानो साख फर्किने आशामा रहेका आर्यनले आफ्नो अनुभूति यसरी साटे :

‘लभर ब्वार्र्ई’को परिचय
‘लभर ब्वार्ई’को इमेज भत्काउने प्रयासमा म असफल भएँ । पहिलोपटक जस्तो फिल्ममा अभिनय ग¥यो, दर्शकले त्यसपछिका फिल्म पनि त्यस्तै रुचाउने रहेछन् । डेब्यु फिल्म ‘किस्मत’देखि नै मायामा आधारित फिल्ममा काम गरेँ । त्यसमा रहने एक्सन या थ्रिलर सामग्री मायामै आधारित हुन्थे । दर्शकले पनि मलाई त्यसरी नै मन पराइदिए । बालकदेखि वृद्धसम्मको भावनालाई बुझ्न सक्ने भयो भने फिल्म बलियो हुन्छ ।

‘भर्सटाइल’मा असफल
‘भर्सटाइल’ बन्ने प्रयासस्वरूप बीचमा मैले अन्य भूमिकामा पनि अभिनय गरेँ । समीक्षकको नजरमा पनि राम्रै भएको हो । तर, त्यस्तो भूमिकाका फिल्म बक्स अफिसमा सफल भएनन् । पछिल्लो समयमा फिल्मको सफलता÷असफलताको मानक बक्स अफिस नै हो । त्यहाँ सफल हुन नसक्दा आर्यनको अर्को असफल फिल्म भनेर समाचार आए । भर्सटाइल बन्ने मेरो प्रयास बक्स अफिसमा पुग्दा ब्रेक लाग्यो ।

यसबीचमा आएका मेरा फिल्मका विधा सायद मेरा लागि थिएनन् होला । त्यसैले दर्शकले रुचाएजस्तो मायाकै वरिपरि बसेर सिनेमा किन नगर्ने भन्ने सोचले ‘हजार जुनीसम्म’ रोजेको हुँ । त्यसकारण यो फिल्मबाट म खुसी छु र दर्शक पनि खुसी हुनुहुन्छ होला ।

अबको यात्रा
अबको यात्रा कमर्सियल हिसाबमा मलाई दर्शकले जुन रूपमा मन पराइदिनुभएको छ, त्यसरी नै आउँछु । फरक विधाका फिल्ममा अभिनय गर्नुपर्दा ‘योचाहिँ बक्स अफिसमा हिट हुँदैन’ भन्ने मानसिकता बनाएर खेल्छु । मलाई व्यावसायिक रूपमा सफल बनाउने ‘लभ स्टोरी’ विधालाई अझै बढी प्राथमिकता दिन्छु ।

आफूलाई पुरानै विधामा फर्काउने प्रयासस्वरूप ‘हजार जुनीसम्म’बाट मैले आशा गरेको छु । रिलिज भएकै दिनबाट म सफल हो या असफल भन्ने निर्धारण हुन्छ । यो फिल्मका लागि जति शक्ति खर्च गर्नुपथ्र्यो, त्यो गरेको छु ।

म स्टारडमलाई मान्दिनँ । र, स्टारडमलाई पछ्याउने कलाकारमा पनि पर्दिनँ । म एउटा कलाकार हुँ, फिल्ममा काम गर्ने जोस छ र अभिनय गर्ने क्षमता पनि छ । समाचारमा आइरहूँ, अनेक हत्कण्डा भइरोस्, म स्टार बनूँ भन्ने मेरो सोच छैन । अबको यात्रा पनि स्टारडमका लागि हुनेछैन । पहिलाजस्तो फेरि राम्रो फिल्म दिने प्रयास आक्रामक रूपमा जारी राख्छु ।