१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७६ श्रावण २५ शनिबार ०८:४९:००
Read Time : < 1 मिनेट
सप्तरंग

‘साइनो मौलिक कथा हो’

Read Time : < 1 मिनेट
२०७६ श्रावण २५ शनिबार ०८:४९:००

फिल्म साइनो २४ साउनदेखि देशभर प्रदर्शनमा आएको छ । फिल्मलाई आस्था कला केन्द्रका संस्थापक रमेश थापाले निर्देशन गरेका हुन् । साइनो नेपाली मौलिक फिल्म बनाएको दाबी रमेशको छ । 

२० वर्षदेखि आस्था
कला केन्द्रमा अभिनय सिकाउँदै आएका रमेशले साइनो आफ्नो डेब्यु फिल्म भए पनि दर्शकले मन पराउने विश्वास व्यक्त गरे । उनले भने, ‘आफू नयाँ भए पनि फिल्ममा परिपक्वता दिने कोसिस गरेको  छु ।’ 

काठमाडौंमा आयोजित एक कार्यक्रममा निर्देशक रमेशले साइनोले पुराना र नयाँ कलाकारलाई एउटा जमघट गराएको बताए । ‘नयाँलाई समेट्दै पुरानालाई सम्मान गर्दै काम गरेको छु,’ उनले भने,  ‘साइनोमा हामीले सबैलाई समेटेका छौँ । यसकारण पनि साइनो सबैको प्रिय हुन सक्छ ।’

फिल्मलाई प्रथम नायिका भुवन चन्दले निर्माण गरेकी हुन् । जसमा नायिका मरुना मगर, नीता ढुंगाना, डेब्यु नायक राजकुमार, भुवन चन्द, राजाराजेन्द्र पोखरेललगायत कलाकारको अभिनय छ ।