१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका
२०७५ पौष २१ शनिबार ११:०२:००
Read Time : > 1 मिनेट
पर्यटन

जाडोमा र्‍याफ्टिङ गर्दा...

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष २१ शनिबार ११:०२:००

र्‍याफ्टिङका लागि नेपालका नदी उपयुक्त छन् । नेपालका नदी अग्लो भूगोलबाट बगेर आउँछन् । अहिलेको मौसममा दिउँसो घाम लाग्दा र्‍याफ्टिङमा जानु ठीक हुन्छ । बिहान–बेलुका जाडो बढी हुन्छ । घाम ढिलो लाग्छ । दिउँसो ११ देखि करिब तीन बजेसम्म र्‍याफ्टिङ गर्नु ठीक हुन्छ । 

भारतको कुरा गर्दा लद्दाखमा साउन, भदौ र असोजमा मात्र र्‍याफ्टिङ गर्न सकिन्छ । त्यहाँ ३५ सय मिटर माथि र्‍याफ्टिङ गर्ने ठाउँ छन् । त्यस अनुपातमा नेपालमा जाडो महिनामा पनि र्‍याफ्टिङ गर्न धेरै उपयुक्त छ । तर, यसका लागि केही विशेष तयारी आवश्यक पर्छ । 

- कुन कम्पनीबाट र्‍याफ्टिङ गर्ने त्यो निश्चित गर्नुपर्छ । कम्पनीसँग र्‍याफ्टिङ गर्ने सामग्री र जाडोमा लगाउने कपडा छन् कि छैनन् भन्ने निश्चित गर्नुपर्छ । जाडोमा र्‍याफ्टिङका लागि वेटसुट र स्प्रेटप अनिवार्य हुन्छ ।

- डुंगा चलाउने गाइड अनुभवी, दक्ष र तालिम प्राप्त हुनुपर्छ । भंगालोमा केही गरी डुंगा पल्टिएमा वा मानिस पानीमा खसेको खण्डमा तुरुन्त जोगाउन सक्ने अनुभव भएको हुनुपर्‍यो । अहिले पानी चिसो हुने भएकाले त्यस्तो अवस्थामा यात्रुलाई तुरुन्तै पानीबाट ननिकालेमा हाइपोथर्मिया हुने डर हुन्छ । 

- कुनै पनि विदेशी नेपालमा घुम्न आउँदा अनिवार्य रूपमा दुईवटा किताब लिएर आउँछन् । ती किताब ‘लोन्ली प्लानेट’ र ‘रफ गाइड’ हुन् । संसारका कुनै पनि देश जाँदा किताबले पहिले नै कुनै कम्पनीमा कुनै पनि क्रियाकलापका लागि बुक गर्दा सोध्नुपर्ने र कम्पनीसँग भएको सामानका बारेमा लिनुपर्ने जानकारीका बारेमा उल्लेख हुन्छ ।  

- आफ्नाे स्वास्थ्यका बारेमा पनि ख्याल गर्नुपर्छ । चिसो समयमा मुटु, दमलगायतको रोग भएका र अस्वस्थ महसुस गरेको अवस्थामा र्‍याफ्टिङमा नगएको राम्रो । आफ्नाे स्वास्थ्यका बारेमा कम्पनीलाई राम्ररी जानकारी दिनुपर्छ ।