१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७६ श्रावण १४ मंगलबार ०७:२०:००
Read Time : < 1 मिनेट
अर्थ

जनगणना सञ्चालन तथा व्यवस्थापन आदेश जारी 

Read Time : < 1 मिनेट
२०७६ श्रावण १४ मंगलबार ०७:२०:००

सरकारले राष्ट्रिय जनगणना सञ्चालन तथा व्यवस्थापन आदेश जारी गरेको छ । ०७८ मा सञ्चालन हुने राष्ट्रिय जनगणनाको कार्यविधि तयार गर्न पूर्वतयारीस्वरूप आदेश जारी भएको केन्द्रीय तथ्यांक विभागका महानिर्देशक सुमनराज अर्यालले जानकारी दिए ।

आदेशलाई नेपाल राजपत्रमा प्रकाशित गरिएको छ । विभागका अनुसार नेपालको जनगणनाको इतिहासमै पहिलोपटक आदेश जारी भएको हो । आदेश जारी भएपछि अब तोकिएका काम गर्ने बाटो खुला भएको छ । मुख्यत आदेशमा उल्लिखित विषयमा कार्यविधि निर्माणको काम थालिनेछ । यसअघि विभागले जनगणनाको प्रश्नावली तयार गरेपछि मन्त्रिपरिषद्बाट पारित गरेर कार्यान्वयनमा लैजाने गरिएको थियो । 

अब केन्द्रीय तथ्यांक विभागले आदेशमा आधारित भएर राष्ट्रिय जनगणना कार्यक्रम सञ्चालन गर्नेछ । जनगणना सञ्चालन र व्यवस्थापका लागि आवश्यकताअनुसार प्रदेश, जिल्ला तथा स्थानीय तहमा जनगणना कार्यालय स्थापना हुनेछ । त्यस्तै, आवश्यकताअनुसार घरपरिवार सूचीकरण, जनगणनाको मूल प्रश्नावली र सामुदायिक प्रश्नावली तयार गर्ने काम हुनेछ । तथ्याक संकलनको विधि र माध्यमबारे आदेशमा उल्लेख गरिएको छ ।

जनगणनाको काममा महानिर्देशक र जनगणनाको अधिकारीको काम, कर्तव्य र अधिकार, जनगणना सञ्चालनसँग सम्बन्धित समितिहरूको व्यवस्था, जनशक्तिको व्यवस्था र सेवासुविधा, तथ्यांक प्रशोधन तथा विश्लेषणलगायतका विषय आदेशमा उल्लेख छन् ।