१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
सन्तोष थापा पर्वत
२०७६ श्रावण ७ मंगलबार ११:४७:००
Read Time : < 1 मिनेट
प्रदेश

भाले च्यापेर सुत्केरीको घरैमा पुग्छन् गाउँपालिका अध्यक्ष

Read Time : < 1 मिनेट
सन्तोष थापा पर्वत
२०७६ श्रावण ७ मंगलबार ११:४७:००

महाशिला गाउँपालिकाले आर्थिक वर्ष ०७६/०७७ को नीति तथा कार्यक्रममा सुत्केरी महिलालाई घरैमा पुगेर कोसेली दिने उल्लेख गरेको थियो । गाउँसभाले पारित गरिएको यो नीति तथा कार्यक्रम कार्यान्वयन गर्न गाउँपालिकाका अध्यक्ष आफैं सक्रिय भएका छन् । आर्थिक वर्ष सुरु भएको पहिलो सातामै गाउँपालिका अध्यक्ष राजु पौडेलले ‘अध्यक्ष कोसेली’ कार्यक्रमअनुसार सुत्केरीलाई कोसेली वितरण गरेका छन् । 

उनले पहिलोपटक महाशिला गाउँपालिका–५ लुंखु आहालेनिवासी गुडिया सुनारलाई भेटी सुत्केरी कोसेली दिएका हुन् । अध्यक्ष पौडेल, उपाध्यक्ष हीरादेवी राना, स्वास्थ्यकर्मी र वडाध्यक्षहरूको उपस्थितिमा सुत्केरीलाई भाले, घिउ र अन्डा वितरण गरिएको हो । साथै स्वास्थ्यकर्मीबाट सुत्केरीको स्वास्थ्य जाँच पनि गरेको महाशिलाका प्रवक्ता जीवनविक्रम उच्चैले जानकारी दिए ।

आमा र शिशुको अवस्था सामान्य थियो । स्वास्थ्य संस्थामा पुगेर सुरक्षित ढंगले सुत्केरी गराउने कामलाई प्रोत्साहित गर्न घरघरमै पुगेर सुत्केरी भेट्न ‘अध्यक्ष कोसेली कार्यक्रम’ सुरु गरिएको अध्यक्ष पौडेलले जानकारी दिए । महाशिलाका ६ वटै वडामा सुरक्षित सुत्केरी गराउन बर्थिङ सेन्टर स्थापना गरिएका छन् ।

पाडापाडी काटेमा जरिवाना
महाशिलाले स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई मात्रै होइन, पाडापाडी हुर्काउने कृषकलाई समेत प्रोत्साहन गर्न भैँसीलाई सुत्केरी भत्ता दिने निर्णय गरेको छ । भैँसी ब्याएपछि पाडापाडी काटेर खाने चलन हटाउन पाडापाडी हुर्काउने कृषकलाई पाँच सय भत्ता दिने निर्णय भएको गाउँपालिका अध्यक्ष पौडेलले बताए । स्थानीय जातका लिमे र पाराकोटे जातका भैँसीका पाडापाडी काटेर खानेलाई एक हजार जरिवाना तिराउने निर्णय भएको छ ।