मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १४ बुधबार
  • Wednesday, 30 September, 2026
२o८३ असोज १४ बुधबार २o:o५:oo
Read Time : < 1 मिनेट
समाचार

नयाँ पत्रिकाकर्मी खड्का सम्मानित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८३ असोज १४ बुधबार २o:o५:oo

नयाँ पत्रिका दैनिक जाजरकोट समाचारदाता रेशमबहादुर खड्का सम्मानित भएका छन् । मनसुनजन्य विपतका समयमा वस्तुनिष्ठ समाचार तथा सूचना सम्प्रेषणमार्फत महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सम्मानित भएका हुन्। 

जिल्ला विपत् व्यवस्थापन समिति जाजरकोटले बुधबार आयोजना गरेको कार्यक्रममा खड्कालाई सम्मान गरेको हो। प्रतिनिधिसभा सदस्य खड्कबहादुर बुढा र प्रमुख जिल्ला अधिकारी नवराज बरालले खड्कालाई सम्मानपत्र र खादासहित सम्मान गरेका हुन्। 

गत साउन २५ र ३० गतेको अविरल वर्षा तथा त्यसपछिको मनसुनजन्य विपतका क्रममा जिल्लाका विभिन्न क्षेत्रमा बाढीपहिरोबाट ठुलो क्षति भएको थियो। विपतबाट सिर्जित विषम परिस्थितिमा घटनाको तथ्यपरक विवरण, उद्धार तथा राहतका सूचना र प्रभावित नागरिकका समस्यालाई निरन्तर समाचारमार्फत बाहिर ल्याएको भन्दै खड्काको भूमिकाको उच्च मूल्यांकन गरिएको हो।

प्रमुख जिल्ला अधिकारी बरालले विपतको समयमा सही र समयमै सूचना प्रवाह हुनु उद्धार, राहत तथा विपत् व्यवस्थापनका लागि महत्त्वपूर्ण हुने बताए। 'विपतको वेला पत्रकारले निर्वाह गर्ने भूमिका अझ संवेदनशील हुन्छ। खड्काले वस्तुनिष्ठ समाचार तथा सूचनामार्फत सामाजिक दायित्व निर्वाह गर्नुभएको छ,' उनले भने।

सम्मानपत्रमा जिल्ला प्रशासन कार्यालयले साउन २५ र ३० गतेको अविरल वर्षा तथा त्यसपछिको मनसुनजन्य विपतको क्रममा खड्काले सम्प्रेषण गरेका वस्तुनिष्ठ समाचार तथा सूचनामार्फत देखाएको सामाजिक दायित्वको उच्च मूल्यांकन गर्दै धन्यवाद व्यक्त गरेको छ।  
 

↑