लागुऔषध नियन्त्रण ब्युरोले झन्डै तीन किलो अफिम (चोप)सहित काठमाडौंबाट दुईजनालाई पक्राउ गरेको छ।
ब्युरोको वीरगन्ज कार्यालय र इलाका प्रहरी कार्यालय सिमराको संयुक्त टोलीले रौतहटको चन्द्रपुर नगरपालिका– ३ का ४५ वर्षीय आइतसिंह जिम्बा र ४५ वर्षीया रोशनी राईलाई नियन्त्रणमा लिएको हो। उनीहरूको साथबाट दुई किलो ९७० ग्राम अफिम (चोप) र दुई थान मोबाइल फोन बरामद भएको छ।
उनीहरूले मकवानपुर, सिन्धुलीलगायतका जिल्लाहरूबाट अफिमको चोप संकलन गरी तराई, मधेशका जिल्लाहरूमा बिक्री गर्ने गरेको पाइएको ब्युरोले जनाएको छ। बाराको जितपुर सिमरा– २ बाट पक्राउ परेका उनीहरूलाई थप कारबाहीका लागि ब्युरोले इलाका प्रहरी कार्यालय सिमरामा बुझाएको छ।