सानिमा बैंक लिमिटेडको २२औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभाले सञ्चालक समितिले प्रस्ताव गरेअनुसार २०८३ असार मसान्तको साधारण सेयर पुँजीको १० प्रतिशत नगद लाभांश (करसहित) र अग्राधिकार सेयर पुँजीको ८.२५ प्रतिशत नगद लाभांश (करसहित) प्रदान गर्ने प्रस्ताव पारित गरेको छ।
बैंकका अध्यक्ष तुकप्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त सभाले सर्वसाधारण सेयरधनीहरूको तर्फबाट तेजबहादुर चन्द र महेश घिमिरेलाई सञ्चालकमा निर्विरोध निर्वाचित गरेको छ।
आर्थिक वर्ष ०८२/८३ मा ३.५५ अर्ब रुपैयाँ खुद मुनाफा गरेको बैंकको कुल सम्पत्ति २९१.२१ अर्ब रुपैयाँ पुगेको छ। सो अवधिमा बैंकको कुल निक्षेप २४९.९३ अर्ब र खुद कर्जा सापटी २०३.९९ अर्ब रुपैयाँ रहेको छ। आर्थिक वर्ष ०८१/८२ को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः १०.८४ प्रतिशत, ११.१९ प्रतिशत र १०.५० प्रतिशतले वृद्धि भएको बैंकले जनाएको छ।