Skip This
टिमुरेको टेलिफोन टावरमा सोलार जडान, डिजेल ढुवानीको बाध्यता हट्यो
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १२ सोमबार
  • Monday, 28 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ असोज १२ सोमबार १६:३९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

टिमुरेको टेलिफोन टावरमा सोलार जडान, डिजेल ढुवानीको बाध्यता हट्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ असोज १२ सोमबार १६:३९:oo

रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन टावरमा सोलार प्रणाली जडान गरिएको छ। नेपाल विद्युत् प्राधिकरणको विद्युत् सेवा लामो समयसम्म अवरुद्ध हुने भएपछि टेलिफोन सेवा निरन्तर राख्न नेपाल टेलिकमले १२ किलोवाट क्षमताको सोलार प्रणाली सञ्चालनमा ल्याएको हो।

गत १० भदौको बाढीपछि विद्युत् आपूर्ति बन्द हुँदा टिमुरेमा रहेको टेलिफोन टावर डिजेल जेनेरेटर चलाएर सञ्चालनमा राखिएको थियो। तर, टावर सञ्चालनका लागि आवश्यक डिजेलसमेत हेलिकाेप्टरमार्फत ढुवानी गर्नुपर्ने अवस्था थियो। सोलार प्रणाली सञ्चालनमा आएसँगै टावरका लागि नियमित रूपमा डिजेल ढुवानी गर्नुपर्ने बाध्यता हटेको छ।

नेपाल टेलिकमले टिमुरे–खैदीमा आवश्यक उपकरण तथा सामग्री हेलिकाेप्टरमार्फत ढुवानी गरी १२ किलोवाट क्षमताको सोलार सिस्टम जडान गरेको हो। यससँगै विद्युत् सेवा उपलब्ध नभएको अवस्थामा पनि टिमुरे क्षेत्रमा नेपाल टेलिकमको टुजी तथा फोरजी सेवा सहज रूपमा सञ्चालन हुनेछ।

↑