Skip This
मनाङका उच्च हिमाली क्षेत्रको पदयात्रामा रोक
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज ११ आइतबार
  • Monday, 28 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ असोज ११ आइतबार ११:oo:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

मनाङका उच्च हिमाली क्षेत्रको पदयात्रामा रोक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ असोज ११ आइतबार ११:oo:oo

लगातार वर्षा र हिमपात हुन थालेपछि जिल्ला प्रशासन कार्यालय मनाङले उच्च हिमाली क्षेत्रमा तीन दिन पदयात्रा नगर्न आग्रह गरेको छ । प्रशासनले आइतबारसम्म तिलिचो ताल, थोरङ्लापास, आइस लेक, काङ्लापास र भीमथाङलगायत उच्च हिमाली क्षेत्रका पदयात्रामा रोक लगाएको हो । मनाङ ङिस्याङ गाउँपालिका– ५, मुङ्जेका स्थानीय सोनाम गुरुङका अनुसार शुक्रबार बिहानदेखि माथिल्लो क्षेत्रमा हिमपात भइरहेको छ । केही समय वर्षासँगै हिउँ परेको र चिसोसमेत बढेको जानकारी दिए ।

मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार हिमपातसँगै उच्च हिमाली क्षेत्रमा जोखिम बढेपछि प्रशासनले आइतबारसम्म पदयात्रामा रोक लगाइएको हो ।

पदयात्राका लागि निस्किएका पर्यटकलाई माथिल्लो क्षेत्रमा जान रोक लगाइएको छ भने बाटोमा रहेका पर्यटकलाई सुरक्षित स्थानमा रहन प्रशासनले आग्रह गरेको छ । पौडेलका अनुसार प्रशासनको आग्रहपछि पर्यटकहरू अहिले उच्च क्षेत्रमा गएका छैनन् । मौसममा सुधार नआएसम्म उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न र स्थानीय प्रशासनको सूचनालाई पालना गर्न पर्यटक तथा सर्वसाधारणलाई आग्रह गरिएको छ ।

↑