Skip This
प्रधानमन्त्री बालेन्द्र शाह न्युयोर्कमा 
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज ७ बुधबार
  • Sunday, 27 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ असोज ७ बुधबार २१:o९:oo
Read Time : < 1 मिनेट
समाचार

प्रधानमन्त्री बालेन्द्र शाह न्युयोर्कमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ असोज ७ बुधबार २१:o९:oo

 संयुक्त राष्ट्रसंघीय महासभाको ८१औँ सत्रको जनरल डिबेटलाई सम्बोधन गर्न प्रधानमन्त्री बालेन्द्र शाह बुधबार साँझ अमेरिकाको न्युयोर्क पुगेका छन्। उनलाई जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि लोकबहादुर थापा र न्युयोर्कका लागि नेपाली महावाणिज्यदूत दधिराम भण्डारीले स्वागत गरेका छन्।

प्रधानमन्त्री शाहसँगै गएका निजी फोटोग्राफर विनय शाक्यले न्युयोर्क अवतरण भएको जानकारी दिएका छन्। प्रधानमन्त्री शाह मंगलबार साँझ ७ बजे कतार एयरवेजको उडानमा काठमाडौंबाट प्रस्थान गरेका थिए। प्रधानमन्त्री शाहले नेपाली समयअनुसार शुक्रबार बिहान महासभाको ८१औँ सत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ।

 

↑