रसुवाका सिडिओ तानिए

आइतबार, २१ भदौ, २०८३
डिजिटल संस्करण

विपतमा राम्रोसँग समन्वय गर्न नसकेको आरोपमा रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारलाई गृह मन्त्रालयले हटाएको छ। उनी दुई महिनाअघि मात्र रसुवामा गएका थिए। 
गृहले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका कार्यरत उपसचिव कमल पाण्डेलाई रसुवाको सिडिओमा खटाएको छ। 

१० भदौको बाढीपछि खोजी, उद्धार तथा राहतमा परियारले राम्रो भूमिका खेल्न नसकेको गुनासो आएपछि उनलाई हटाइएको गृह मन्त्रालयका एक अधिकारीले बताए। 

सुझावित समाचार