गृहमन्त्री सुधन गुरुङले त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको उद्धारका लागि सुरुङको माथिल्लो भाग (क्राउन) सम्म पुग्न सफल भएको बताएका छन्।
मन्त्री गुरुङका अनुसार उद्धार टोलीले सुरुङको माथिल्लो भागमा सानो प्वाल बनाउन सफल भएको छ। उक्त प्वालबाट सुरुङभित्र हावा पठाउनसमेत सुरु गरिएको उनले जानकारी दिए।
अब सोही स्थानबाट थप खन्ने काम अघि बढाइने र त्यसपछि उद्धार टोलीलाई सुरुङभित्र पठाउने तयारी भइरहेको मन्त्री गुरुङले बताए।
सुरुङमा फसेकाहरूको उद्धारका लागि सबै प्रयास तीव्र पारिएको र उद्धार कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको उनको भनाइ छ।