सरकारले बाढीपछिको खोजी तथा उद्धारमा १५ हजारभन्दा धेरै सुरक्षाकर्मी परिचालन गरेको छ। ६ हजार ७५५ सेना, चार हजार ४७३ सशस्त्र प्रहरी र चार हजार ३०२ सशस्त्र प्रहरी खटिएका हुन्। शुक्रबार सशस्त्र प्रहरीको संख्या थपिएको छ ।
उता सरकारले खोजी तथा उद्धारमा खटिने सुरक्षाकर्मीलाई प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ । उनीहरूलाई ५० प्रतिशत भत्ता, दैनिक एक हजार खर्च र बिमासम्बन्धी सुविधा दिने निर्णय गरेको हो । गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले यससम्बन्धी निर्णय गरेको हो ।