राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशीमा आएको बाढीपीडितको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक महिनाको पारिश्रमिक प्रदान गर्ने भएका छन् ।
राष्ट्रपतिको कार्यालयले बिहीबार एक विज्ञप्ति जारी राष्ट्रपतिले एक महिनाको पारिश्रमिक सरकारी कोषमा दिने घोषणा गरेको जानकारी दिएको छ ।
सरकारले विपतकाे समयमा सहयोग गर्न सबैलाई आह्वान गरेको छ ।