Skip This
सिरियाका पूर्वराष्ट्रपति बसर अल असदलाई मृत्युदण्डको सजाय
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण २७ बुधबार
  • Wednesday, 12 August, 2026
दमास्कस
२o८३ श्रावण २७ बुधबार o७:४२:oo
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

सिरियाका पूर्वराष्ट्रपति बसर अल असदलाई मृत्युदण्डको सजाय

Read Time : < 1 मिनेट
दमास्कस
नयाँ पत्रिका
२o८३ श्रावण २७ बुधबार o७:४२:oo

सिरियाली अदालतले देशका पूर्वराष्ट्रपति बसर अल असद र उनका भाइ माहेरलाई १४ वर्ष चलेको गृहयुद्धका क्रममा मानवताविरुद्धको अपराध र युद्ध अपराधको लागि मृत्युदण्डको सजाय सुनाएको छ । हाल रुसमा निर्वासित जीवन बिताइरहेका दुई दाजुभाइविरुद्ध अनुपस्थितिमै यो सजाय सुनाइएको हो । 

असद डिसेम्बर २०२४ मा विद्रोहीले सुरु गरेको तीव्र सैन्य अभियानका क्रममा अपदस्त भएर मस्को भागेका थिए । असदका भाइ माहेरले तत्कालीन समयमा विरोधी तह लगाउने चौथो डिभिजनको नेतृत्व गरेका थिए । शासनको शीर्ष सुरक्षा अधिकारी मानिने त्यस पदमा रहेर उनले सन् २०११ मा सुरु भएको विरोध प्रदर्शनलाई दबाउन हत्या, गिरफ्तार र अन्धाधुन्ध यातना दिएको मानिन्छ ।

अदालतले बसर अल असदलाई ‘एकभन्दा बढी व्यक्ति र बालबालिकाको पूर्वनियोजित तथा नियतवश हत्या’का साथसाथै ‘यातना, मनोमानी गिरफ्तारी र मानवताविरुद्धको अपराध’का लागि मृत्युदण्डको सजाय सुनाएको बताएको छ । हाल देशबाहिर रहेका पूर्वराष्ट्रपति र उनका भाइविरुद्ध कारबाही अघि बढाउन अन्तर्राष्ट्रिय कानुनी मार्ग अपनाउने पनि अदालतले बताएको छ । तथापि, दुई दाजुभाइलाई शरण दिएका रुसी अधिकारीले भने आफ्ना पूर्वसिरियाली सहयोगीलाई सुपुर्दगी गर्ने अनुरोध अस्वीकार गरिसकेका छन् ।