गगनलाई पूर्णबहादुरको आग्रह– पार्टी एकताका लागि अग्रसर हुनुस्, हामी साथ दिन्छौँ

आइतबार, २४ साउन, २०८३
डिजिटल संस्करण

नेपाली कांग्रेसका निवर्तमान उपसभापति पूर्णबहादुर खड्काले पार्टीभित्र सम्पूर्ण एकता कायम गर्न सभापति गगन थापालाई अग्रसर हुन आग्रह गरेका छन्।

खड्काले सर्वोच्च अदालतको पछिल्लो निर्णयपछि पार्टीभित्र देखिएको विवाद र सामाजिक सञ्जालमा भइरहेका टिप्पणीप्रति चिन्ता व्यक्त गर्दै अहिले कांग्रेसको पहिलो आवश्यकता एकता भएको बताए।

उनले सहिष्णुता, संवाद र सहमतिबाट पार्टीलाई बलियो बनाउनुपर्ने उल्लेख गर्दै व्यक्तिगत महत्वाकांक्षा, अहंकार र प्रतिशोध त्याग्न नेताहरूलाई आग्रह गरे।

खड्काले गगन थापालाई सम्बोधन गर्दै भनेका छन्, 'तपाईं हिम्मत र साहसका साथ तत्काल पार्टीको सम्पूर्ण एकताका लागि अग्रसर हुनुस्, हामी सबै सहयोगी बन्न तयार छौँ।'

उनले राष्ट्र, लोकतन्त्र र पार्टीको भविष्यका लागि सामाजिक सञ्जालमा हुने आरोप–प्रत्यारोप र गालीगलौज रोक्न पनि आग्रह गरेका छन्।

सुझावित समाचार