सुनकोशी नदीमा हामफालेका काभ्रे मण्डनदेउपुर नगरपालिका– ७ का वृद्धदम्पती बेपत्ता भएका छन्।
बुधबार बेलुकी साढे ६ बजेतिर भुम्लु गाउँपालिका– ८, दुलालेश्वर महादेव मन्दिरछेउबाट ६८ वर्षीय केदारनाथ पराजुली र उनकी श्रीमती ६७ वर्षीया तिलकुमारी पराजुली सुनकोशीमा हाम फलेका प्रहरीले जनाएको छ।
घटनाको जानकारीपछि प्रहरी चौकी दोलालघाटबाट प्रहरी वरिष्ठ नायब निरीक्षक यसुहरि अधिकारी तथा प्रहरी चौकी पाँचखालबाट प्रहरी निरीक्षक मनराज बानियाँको टोलीले उनीहरूको खोजतलास गरिरहेको छ।
प्रहरीका अनुसार तिलकुमारी बोनम्यारो क्यान्सरबाट पीडित थिइन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।