मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण २० बुधबार
  • Wednesday, 05 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ श्रावण २० बुधबार २१:४९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

होटेल तथा रेस्टुरेन्टमा अव्यवस्थित धुम्रपान रोक्न काठमाडौं प्रशासनको कडाइ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ श्रावण २० बुधबार २१:४९:oo

जिल्ला प्रशासन कार्यालय काठमाडौंले होटेल तथा रेस्टुरेन्टहरूमा हुने अव्यवस्थित धुम्रपान नियन्त्रण गर्न व्यवसायीलाई कानुनी मापदण्ड पालना गर्न निर्देशन दिएको छ।

होटेल तथा रेस्टुरेन्टमा हुक्का, चुरोटलगायत सुर्तीजन्य पदार्थको खुला प्रयोग बढेको र त्यसबाट धुम्रपान नगर्ने व्यक्तिको स्वास्थ्यमा समेत असर परेको गुनासो आएपछि प्रशासनले यस्तो निर्देशन जारी गरेको हो।

सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी मुक्तिराम रिजालद्वारा जारी सूचनामा सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन, २०६८ अनुसार धुम्रपान गर्न मिल्ने र नमिल्ने स्थान स्पष्ट रूपमा छुट्याउन भनिएको छ।

प्रशासनले धुम्रपानका लागि छुट्याइएको स्थान चारैतिरबाट बन्द हुनुपर्ने र त्यसको असर अन्य व्यक्तिमा नपर्ने गरी मात्र सञ्चालन गर्न निर्देशन दिएको छ।

अनुगमनका क्रममा कानुनविपरीत धुम्रपान गराएको पाइएमा सुर्तीजन्य पदार्थ ऐनअनुसार कडा कारबाही गरिने चेतावनी पनि प्रशासनले दिएको छ ।

काठमाडौं जिल्लाभित्र सञ्चालित सबै होटेल तथा रेस्टुरेन्टलाई कानुनी व्यवस्था पूर्ण रूपमा पालना गर्न प्रशासनले आग्रह गरेको छ।