फिफा विश्वकप २०२६ को समापनसँगै वर्षको उत्कृष्ट खेलाडीले पाउने बालोन डिओर २०२६ को अवार्ड दौड रोमाञ्चक बनेको छ । विश्व फुटबलमा बालोन डिओरको पुरस्कारले धेरै ठुलो अर्थ राख्छ । यो अवार्ड पाउन खेलाडीबिच ठुलै प्रतिस्पर्धा हुने गरेको छ ।
विश्वकपअघिसम्म यो अवार्डको दौडमा धेरै खेलाडी थिएनन् । तर, उत्तर अमेरिकामा सानदार प्रदर्शनपछि धेरै खेलाडीले दाबी प्रस्तुत गरेका छन् । विश्वकप जितेका स्पेनिस स्टार लामिन यमलसँगै कप्तान रोड्री, लगातार अर्जेन्टिनालाई फाइनलमा पुर्याएका कप्तान लियोनल मेसी, सेमिफाइनलमा स्थान बनाएका इंग्ल्यान्डका ह्यारी केन, फ्रान्सका औसमाने डेम्बेले र केलिएन एम्बाप्पे यो अवार्ड जित्न दौडमा छन् ।
प्रतिष्ठित बालोन डिओर अवार्डको ७०औँ संस्करण आगामी अक्टोबर २६ मा लन्डनमा आयोजना हुनेछ । गत वर्ष पुरुषतर्फ पेरिस सेन्ट जर्मेन (पिएसजी)का उस्माने डेम्बेले र महिलातर्फ बार्सिलोनाकी आइताना बोनमातीले बालोन डिओरको उपाधि जितेका थिए ।
लामिन यमल (क्लब– बार्सिलोना)
यदि लामिन यमलले बालोन डिओर उपाधि जिते भने उनी इतिहासकै १९ वर्षको उमेरमा अवार्ड जित्ने पहिलो खेलाडी बन्नेछन् । असााधरण क्षमता र स्टारडमका कारण यी खेलाडीले पछिल्लो वर्ष निकै कीर्तिमान बनाउँदै आएका छन् । उनी युरोपियन च्याम्पियनसिप र विश्वकप दुवैको फाइनल खेल्ने र जित्ने पहिलो खेलाडी बने । यो उपलब्धि स्पेनबाट बनाएका हुन् । विश्वकपमा उनले केवल एक गोल मात्रै गरे पनि टिमलाई उपाधि भने जिताएका छन् । यी खेलाडीले बार्सिलोनाका लागि पनि धेरै कीर्तिमान बनाएका छन् । उनको उत्कृष्ट प्रदर्शनसँगै टिमले ला लिगा र सुपरकोपाको उपाधि जितेको छ । त्यसैले पनि उनी बालोन डिओर जित्ने दौडमा रहेका छन् ।
ह्यारी केन (क्लब – बायर्न म्युनिख)
बढ्दो उमेरसँगै ह्यारी केनमा झनै परिपक्वता देखिएको छ । लगातार क्लब र देशका लागि सानदार प्रदर्शन गरिरहेका छन् । ३३ वर्षीय स्ट्राइकरले क्लब र देशका लागि ६४ खेलमा ७३ गोल । लियोनेल मेसीले २०११–१२ सिजनमा गरेको ८२ गोलपछि एउटै सिजनमा कुनै खेलाडीले गरेको यो दोस्रो सर्वाधिक गोल हो । केनले अहिलेसम्म बालोन डिओरको मतदानमा १०औँ स्थानभन्दा माथि पुग्न सकेका छैनन् । तर, विश्वकपमा टिमलाई चौथो बनाएपछि उनको चर्चा झनै बढेको छ । त्यस्तै, यसपटक बालोन डिओरको दौडमा रहेका छन् । यस सिजनमा उनले वायर्नका लागि बुन्डेसलिगा, डिएफबी–पोकाल र जर्मन सुपरकप जिताएका थिए ।
लियोनल मेसी (क्लब – इन्टर मियामी)
अमेरिकी मेजर लिग सकर खेलिरहेका कप्तान लियोनल मेसीबाट बालोन डिओर जित्ने सम्भावना थिएन र कमैले आकलन पनि गरेका थिए । तर, उत्तर अमेरिकामा भएको विश्वकपमा मेसीले जुन प्रदर्शन गरे त्यसपछि उनले आफूलाई यो अवार्ड जित्ने दौडमा राखेका छन् । मेसीले पहिलो खेलमै अल्जेरियाविरुद्ध ह्याट्रिक गरेपछि पुनः आफू लयमा रहेको प्रस्ट पारे । सानदार प्रदर्शन गर्दै टिमलाई पुनः फाइनलमा पुर्याउन सफल भएका थिए । विश्वकपमा मेसीले कुल आठ गोल गरेका थिए । तर, टिमलाई स्पेनसँगको हारबाट भने जोगाउन सकेनन् । यद्यपि, युरोपियन फुटबल छाडेका मेसीले ३९ वर्षमा पनि आफ्नो प्रभाव देखाए । त्यसैले पनि मेसीले सर्वाधिक नवौँपटक बालोन डिओर जित्ने सम्भावना बढाएका छन् ।
रोड्री (क्लब – म्यानचेस्टर सिटी)
स्पेनले सन् २०१० पछि विश्वकप जित्दा केन्द्रमा रहे मिडफिल्डर कप्तान रोड्री । उनले मध्यभागमा रहेर प्रतियोगिताकै सर्वाधिक ७५६ पास खेले । टिमलाई अर्जेन्टिनी स्टार लियोनल मेसी, फ्रान्सका स्टार केलिएन एम्बाप्पे, औसमाने डेम्बेले र पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोबाट दबाबमुक्त बनाए । उनकै प्रदर्शनका आधारमा टिम च्याम्पियन बन्यो । सोहीकारण रोड्री पनि यसपटक बालोन डिओरको दाबेदार हुन् । यदि उनले यो अवार्ड हात पारे भने दोस्रोपटक हुनेछ । उनी गत अक्टोबरमा एसिएल चोटपछि पहिलोपटक मैदानमा फर्किएर आफूलाई प्रमाणित गर्न सफल भएका हुन् । विश्वकपमा सफल भएपछि उनी म्यानचेस्टर सिटीमै रहने कि रियलम्याड्रिड यात्रा तय गर्ने भन्नेमा दोधारमा छन् ।
औसमाने डेम्बेले (क्लब – पेरिस सेन्ट जर्म) (पिएसजी)
अट्याकर औसमाने डेम्बेलेलाई सन् २०२१ मा लियोनल मेसीपछि लगातार दोस्रोपटक बालोन डिओर जित्ने अवसर रहेको छ । सन् २०२५–०२६ को सिजनमा उनले नै अवार्ड थापेका थिए । जतिवेला पिएसजीलाई पहिलोपटक उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । डेम्बेलेकै प्रभावशाली प्रदर्शनमा गत सिजनमा टोली लगातार दोस्रोपटक च्याम्पियन बनेको हो । यसपटक फ्रान्स उत्तर अमेरिकामा चौथो स्थान हासिल गर्दा पनि डेम्बेलेको प्रदर्शन सानदार रह्यो । यद्यपि, डेम्बेले र सहकर्मी केलिएन एम्बाप्पेको अट्याक स्पेनविरुद्ध चलेन र लगातार फाइनलमा स्थान बनाउन असफल भए । तर, स्विडेनविरुद्ध उनले ह्याट्रिक नै गरे । समग्रमा ६ गोल गरे । त्यसैले पनि यसपटक डेम्बेलेलाई बालोन डिओरको दौडमा देख्न सकिन्छ ।