वैदेशिक रोजगारीमा युके पठाइदिने प्रलोभन देखाएर १७ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।
वैदेशिक रोजगार विभागबाट जारी पक्राउ पुर्जीका आधारमा काठमाडौं महानगरपालिका–१७ बस्ने ३२ वर्षीया पूजा शाहीलाई प्रहरीले काठमाडौंको माइतीघरबाट पक्राउ गरेको हो।
उनीविरुद्ध एक व्यक्तिसँग १७ लाख रुपैयाँ ठगी गरेको आरोप छ। पक्राउ परेकी शाहीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।