कांग्रेसको नीति प्रतिष्ठानका ६ उपसमितिमा संयोजक चयन

आइतबार, २८ असार, २०८३
डिजिटल संस्करण

नेपाली कांग्रेसले केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको ६ वटा उपसमितिको संयोजक चयन गरेको छ। पार्टी उपसभापति एवं प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माको प्रस्तावमा २५ र २६ असारको बैठकले ६ उपसमिति संयोजकको जिम्मेवारी तोकेको हो।

कांग्रेसले अपांगता संवाद, समन्वय र सशक्तीकरण उपसमितिमा प्रकाश पन्थ, आदिवासी जनजाति संवाद, समन्वय र सशक्तीकरण उपसमितिमा श्री रेशम गुरुङ र दुर्व्यसनमुक्त समाजका लागि सचेतना र समन्वय उपसमितिमा डा. डिबी सुनारलाई संयोजक तोकेको छ।

यसैगरी, पूर्वआप्रवासी समन्वय तथा अभिप्रेरणा अभियान उपसमितिमा विज्ञान प्रसाईं, सार्थक सम्प्रेषण उपसमितिमा मोहन गजुरेल र कृषि तथा कृषि उद्यम उपसमितिमा सीताराम काफ्लेलाई संयोजक तोकिएको छ।

सुझावित समाचार