टेरामक्स भ्रष्टाचारः पूर्वमन्त्री मोहन बस्नेतलाई सफाइ

दिगम्बर झासहित तीन जना मात्र दोषी ठहर

सोमबार, २२ असार, २०८३
डिजिटल संस्करण

टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम(टेरामक्स) खरिद प्रकरणमा पूर्वसञ्चारमन्त्री मोहन बस्नेतले सफाइ पाएका छन्। विशेष अदालतले उनलाई सोमबार सफाइ दिएको हो । खरिद प्रक्रियामा प्रत्यक्ष संलग्न नभएको भन्दै अदालतले उनलाई सफाइ दिएको हो। यस मुद्दामा १६ प्रतिवादीमध्ये १३ जनाले सफाइ पाएका छन्। 

यसमा दूरसञ्चार प्राधिकरणको तत्कालीन सञ्चालक समितिलाई मात्र दोषी ठहर गरिएको छ।। दिगम्बर झालाई एक वर्ष तथा  धनराज ज्ञवाली र टीकाप्रसाद उप्रेतीलाई ६ महिना कैद र ५० हजार जरिवाना सजाय भएको छ। झा प्राधिकरणका तत्कालीन अध्यक्ष तथा ज्ञवाली र उप्रेती सदस्य हुन्। 

त्यस्तै, पुरुषोत्तम खनाल, अच्युतानन्द मिश्र, सुरेन्द्रलाल हाडा, विजयकुमार राय, रेवतीराज पन्थ, दीपेश आचार्य, सुरेश बस्नेत, हिरन्यप्रसाद बस्ताकोटी, सन्दीप अधिकारी तथा भ्यानराइज सरोसुलका सिइओ तथा स्थानीय एजेन्टलगायतलाई पनि अदालतले सफाइ दिएको छ।

नेपाल दूरसञ्चार प्राधिकरणमातहत टेरामक्स खरिदमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्ष जेठमा मुद्दा दायर गरेको थियो। 

 यस्तो छ संक्षिप्त फैसलाः 

सुझावित समाचार