राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू सागर ढकाल र सुशान्त वैदिक सवार कार दुर्घटना भएको छ। बागलुङबाट गुल्मीको तम्घासतर्फ आउँदै गरेको कार रेसुंगा नगरपालिका– ४, रैदीस्थित तम्घास–बुर्तिबाङ सडकखण्डमा दुर्घटना भएको हो।
वैदिकले चलाएको बा.प्र –०१–०२९ च ७३४३ नम्बरको कार शुक्रबार साँझ ५ः४० बजे आफैँ अनियन्त्रित भई सडकको डिलमा अड्किएको थियो। तीनजना सवार कार दुर्घटनामा कुनै मानवीय क्षति नभएको तथा कार घटनास्थलबाट निकाली सदरमुकाम तम्घासतर्फ ल्याइएको प्रहरीले जनाएको छ।