सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले संसदमा नेपालले भारतको भूमि मिचेको छ भन्ने कुरा आफूलाई अचम्म लागेको बताएको भन्दै बचाउ गरेका छन् ।
मंगलबार मन्त्रिपरिषद् बैठकको विषयमा पत्रकारसँग ब्रिफिङ गर्दै प्रवक्ता पोखरेलले भने, ‘हामीले सीमा विवादसम्बन्धी काम अगाडि बढाउने क्रममा अर्को पक्षबाट नेपालले पनि सीमा मिचेको छ भन्ने कुरा आउँदा प्रधानमन्त्रीले आफू अचम्मित परेको भनेर भन्नुभएको हो ।’
प्रधानमन्त्रीको अभिव्यक्तिको विषयमा परराष्ट्र मन्त्रालयले पनि स्पष्टीकरण दिइसकेको उनले उल्लेख गरे ।