लामिछानेको अध्यक्षतामा रास्वपाको महाधिवेशन मूल आयोजक समिति गठन

आइतबार, १७ जेठ, २०८३
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रथम महाधिवेशन आयोजना गर्न महाधिवेशन मूल आयोजक समिति गठन गरेको छ। आगामी असार ७, ८ र ९ गते चितवनमा हुने महाधिवेशनका लागि सभापति रवि लामिछानेको अध्यक्षतामा महाधिवेशन मूल आयोजक समिति गठन भएको हो।

समितिका सदस्यहरूमा डा. स्वर्णिम वाग्ले, कवीन्द्र बुर्लाकोटी, भूपदेव शाह, विपिनकुमार आचार्य, लीमा अधिकारी, बसुमाया तामाङ, मनीष झा, विराजभक्त श्रेष्ठ, दीपकराज बोहरा, गणेश पराजुली, सोबिता गौतम, शिशिर खनाल, हरि ढकाल, सरिता ज्ञवली र सागर ढकालसहित सबै केन्द्रीय समितिका सदस्यहरू र सबै प्रदेश सभापतिहरू रहेका छन्।

सुझावित समाचार