१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७६ असार २७ शुक्रबार १०:२०:००
Read Time : < 1 मिनेट
खेलकुद

आचरको बाउन्समा क्यारी घाइते

तपाईंलाईं थाहा छ ?

Read Time : < 1 मिनेट
२०७६ असार २७ शुक्रबार १०:२०:००

विश्वकपको दोस्रो सेमिफाइनलमा इंग्लिस बलर जोफ्रा आचरले पहिलो पावरप्लेमा उत्कृष्ट बलिङ प्रदर्शन गरे । आचरले अस्ट्रेलियन ब्याट्सम्यानलाई आउट मात्र पारेनन्, घाइतेसमेत बनाए । अस्ट्रेलियाका ब्याट्सम्यान एलेक्स क्यारी आचरको बाउन्स बल खेल्न नसक्दा चिउँदोमा चोट बोक्न पुगे । 

आचरले प्रतिघन्टा ९१ माइलको स्पिडमा फ्याँकेको बल बाउन्स हुँदै क्यारीको हेलमेटमा लागेको थियो । बाउन्स बलले लाग्दा क्यारीले लगाएको हेलमेट नै खसेको थियो । क्यारीले स्टम्पतिर खसेको हेलमेट समातेका थिए । पाँचौँ नम्बरमा ब्याटिङ गरेका क्यारीले हेलमेट भुइँमा राखी चिउँडोको घाउ हेरे । 

त्यसपछि मेडिकल टोली आएर क्यारीको प्रारम्भिक उपचार गर्‍यो । चिकित्सकले उनको दायाँ र बायाँ अनुहारमा ब्यान्डेज लगाए । चिउँडोमा त्यति धेरै चोट नलागेका कारण क्यारीको अवस्था सामान्य रहेको जनाइएको छ । ब्यान्डेज लगाउँदै एलेक्सले प्रतिस्पर्धा गरे । उनले इंग्ल्यान्डविरुद्ध ७० बलमा ४० रन जोडे ।